लेखक तथा पत्रकार सुमन मल्लको निधन भएको छ । ४१ वर्षीय मल्ल विगत एक वर्षदेखि मधुमेह र बाथ रोगबाट पीडित थिए ।नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्व अध्यक्ष समेत रहेका मल्लको बुधबार राति १० बजे मुगुको छायानाथ रारा नगरपालिका–१ श्रीनगर गाउँस्थित निवास मा निधन भएको
नेपाल पत्रकार महासंघले जनाएको छ ।दुई दशकदेखि पत्रकारितामा क्रियाशील मल्ल नागरिक दैनिकका मुगु सम्वाददाता थिए। उनले ‘कर्णाली देख्खिन बग्दो छ’ र ‘सुइना कर्णाली ‘ नाटकको लेखन तथा अभिनय समेत गरेका थिए ।मल्लको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ। मल्लका श्रीमती, दुई छोरी र एक छोरा छन्।
यो पनि! माधवकुमार नेपाललगायत चार नेतामाथि गरिए को कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्दै झलनाथ खनाल -माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।पार्टी सचिव तथा नेपाल समूहका नेता योगेश भट्टराईले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबा ही गरेर भएको
आफ्नो गल्ती अध्यक्ष ओलीले सच्याएको कान्तिपुरसँग बताएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने गत चैत महिनाको निर्णय फिर्ता लिए को थियो। उक्त बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सञ्चालनबारे आफूमा भएका सबै अधिकार दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका थिए।
स्थायी कमिटीको उक्त निर्णपछि सचिव योगेश भट्टराईले अब पार्टीलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन्। ‘हाम्रो मुख्य कुरा भने को २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा (एमाले)लाई सञ्चालन गर्नुपर्छ भन्ने हो। त्यसमा अध्यक्षबाट सकारात्म क सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ चार नेतालाई गरिएको कारबाही फुकुवाको निर्णयबारे उनले भने, ‘यो कारबाही गर्नु आवश्यक थिएन। उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो।’
यसबीचमा भएका दोस्रो तहका नेताहरूबीचका छलफल को परिणाम चार नेतामाथिको निलम्बन फुकुवा भएको पनि भट्टराईको भनाइ छ। ‘यसले पार्टी मिलाउनुपर्छ, एक हुनुपर्छ भन्ने यो बीचमा विभिन्न तहमा छलफल बैठकका बुझाइलाई सम्बोधन गरेको छ,’ उनले भने।एमालेको एक ता कायम राख्नका लागि अध्यक्ष ओलीलाई पार्टीको २०७५ जेठ २ गतेको संगठनलाई ब्युँताउनुपर्ने भट्टराईको भनाइ छ। ‘यो कुरालाई पनि अध्यक्षले सम्बोधन गर्न तयार हुनुहुन्छ भन्ने आश गर्छु,’ उनले भने।
एमाले को खनाल- नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिँदा सरकार अल्पमतमा परेको छ। बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्। खनाल र नेपाल समूहका सांसद उक्त बैठकमा अनुपस्थित रहेका थिए। पछिल्लो समय यो समूहका सांसद राजीनामा दिने भन्नेमा पुगेको बेला नेताहरूमाथिको कारबाही फुकुवा गरिएको हो।श्रोत:कान्तिपुर