ताजा समाचार दु:खद खबर

चोरी गरेर भाग्न खोज्दा लडेर मृ,त्यु

भैरहवामा रहेको होटेल सी प्रिन्ट बाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका थिए ।सिद्धार्थनगर(३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए ।

शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्दे हीले पुष्टि गरेको छ ।भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए ।

तीमध्ये यादवको मृ’त्यु भएको हो । समूहका चार जनालाई घटना पश्चात् र घटना घटेपछि भागेका एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरी अ’नु’स’न्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा सिद्धार्थनगर १२ बैककलोनी बस्ने वर्ष १८ वर्षीय आशिष गैरे, सिद्धार्थनगर ८ बस्ने सैफ अलि, सियारी ७ बस्ने द्वय २० वर्षीय अजय यादव र २२ वर्षीय रामजी यादव रहेका छन् ।

ओमसतिया ४ का २० वर्षीय सुरज बानिया फ’रा’र रहेकोमा प्रहरीले दिउँसो पक्राउ गरेको छ,अर्का फरार ओमसतिया ४ बालापुरका जितेन्द्र सहानीको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

अ’नु’स’न्धा’नका लागि नियन्त्रणमा रहेका युवाहरिसँग सोधपुछ भइरहेको छ । मृतक यादवको पोस्टमार्टम भएर शव परिवारले बुझेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

होटेल सञ्चालकका अनुसार शुक्रबार ७ जनाको समूह जन्म दिन मनाउने भन्दै होटेल आएका थिए । सोही समूह मध्येकै युवाहरूले बिहान अन्दाजी ३–४ बजे तिर काउन्टर तोडेर चो’री गर्न खोजेका थिए ।

तोडेको आवाज आएपछि उनीहरूमध्ये केही भाग्न सफल भएका र पाँच जना होटेलमै रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको तेस्रो तल्लाबाट चो’री गरेर भाग्ने क्रममा लडेर मृ’त्यु भएको प्रहरीको भनाइ छ ।

Facebook Comments Box