कुबेत संग नेपाल पराजित भएपछि मुख्य प्रशिक्षक अल मुताईरी मैदानमै बेहोस, मैदान बाटै अक्सिजन सहित अस्पताल लगियोशनिबार राती सम्पन्न कुवेतविरुद्धको
खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अचेत हुँदै मैदानमै ढलेका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत अबेर राती कुवेत
विरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका हुन् । मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल
पुर्याएको थियो ।उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अहिले स्वास्थ्य अवस्था सामान्य देखिएको
छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो । कुवेतविरुद्धको खेलमा नेपालले ४(१ को हार
व्यहोरेको छ । अब अन्य थप समचारहरु पढ्नुुस् ।।एएफसी एसियन कप छनोट प्रतियोगितामा शनिबार राति सम्पन्न खेलमा भारत बिजयी भएको छ । उसले अफगानि
स्तानलाई २–१ ले पराजित गरेको हो । जारी छनोट प्रति योगितामा भारतको यो लगातार दोस्रो जित रहेको छ । घरेलु टोली भारतले गोलका लागि ८६ मिनेटसम्म कुर्नु
परेको थियो । भारतले ८६औं मिनेटमा कप्तान सुनील क्षेत्रीको गोलबाट भारतले अग्रता लिएको थियो ।त्यसको दुई मिनेट वित्न नपाउँदै अफगानिस्तानका जुबाएर अमिरी
ले बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा सहल समादले गरेको गोल भारतको जितमा निर्णायक बन्यो । जितसँगै एएफसी एसियन कप छनोट प्रतियोगिताको
समूह ‘डी’मा रहेको भारतले दुई खेलबाट ६ अंक जोडेको छ ।समान ६ अंक जोडेको हङकङ शीर्ष स्थानमा छ । आजको खेल सँगै सुनिलको अन्तर्राष्ट्रिय गोलसख्या ८३
पुगेको छ । हाल फुटबल खेलिरहेका मध्ये सुनील धेरै गोल गर्नेमा तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीमात्र रहेका छन् ।