ताजा समाचार मनोरंजन

डा बाबुरामले यसरी मजाग गरे बारीको केरा काठमाडौँ लग्दा आचार सहिता लाग्ला कि नलाग्ला?

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय रहने नेताहरुमध्ये अग्र

पँक्तिमा पर्छन् । उनी यतिवेला गृहजिल्ला गोरखामा छन् ।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रचारप्रसारको लागि उनी गोरखा पुगेका थिए । हिजो राति

१२ बजेबाट निर्वाचन आचारसंहिता लागु भएको छ । अब निर्वाचनको प्रचारप्रसार गर्न पाईने छैन् ।भट्टराई आफ्नो परिवारसहित गोरखा पुगेका पनि थिए । उनले आज भने

काठमाडौं फर्किन लागेको उल्लेख गरेका छन् । उनले फेश बुकमा लेखेका छन् आफ्नै बारीको केरा टिपेर काठमाण्डौ लैजादा आचारसंहिता लाग्ला कि नलाग्ला ? तस्विरमा

बाबुराम पत्नी हिसिला यमी, छोरी मानुषी र नाति युगिनको साथमा देखिएका छन् उसो त बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छन् र अधिकांसले भट्टराईलाइ

निकै गाली ग‘लौजहरु साथै विभिन्न आरोपहरु लगाउने गर्छन र पनि भट्टराई लेख्न भने छाड्दैनन् सम्भवत नेपाली राजनितिमा बाबुराम भट्टराई जतिको सहनशिल व्यक्तिहरु

विरलै भेटिन्छ बाबुराम लाई भने जतिसुकैे अ”नुरोध गाली गलौज गरे पनि टुईट गर्न छाड्दैनन्। यस पटक बाबुरामको मजाक : आफ्नै बारीको केरा टिपेर काठमाण्डौ लैजाँदा आचारसंहिता लाग्ला कि नलाग्ला ?भनेर मजाग गरेका छन।

Facebook Comments Box