मनोरंजन हाईलाइट

प्रकाश सपुतको को’रोना अ’नुभूति : म’र्छु जस्तो लागेको थियो तर जितेँ

२९ बैशाख , काठमाडौ । म गीतमार्फत एउटा ‘अनागरिक’का रुपमा यो राज्यसँग, यो देशसँग, यहाँका नागरिकसँग, सबैसँग प्रश्न गर्ने तयारीमा थिएँ, ‘मेरो पनि हैन र यो देश ?’  गीत सम्पादनको क्रममा थियो। म कुर्सीमा बसेर जतिबेला गीत हेरिरहेको हुन्थेँ, भिडियोमा आफूलाई निकै फुर्तिलो र जोशिलो पाउँथे। तर यथार्थमा भने शारीरिक रुपमा एकदमै क’मजोर महसुस गरिरहेको थिएँ। कुर्सीमा बस्दा व्याकपेन भइरहेको हुन्थ्यो। यसरी दुई दिनजसो निरन्तर शरीर एकदमै गल्ने, एकदमै थ’कान महसुस भइरह्यो।

देशमा को’रोनाको दो’स्रो लहर फैँलदै थियो। तैपनि मैले यी लक्षणहरुलाई टेरिनँ। लाग्यो– सायद कामको धपेडीले यस्तो भएको हो। त्यसपछि अर्को एकदिन शरीर सा’ह्रै दुख्यो। राति एकदमै धेरै छट्पटी भयो, सुत्नै नसक्नेगरी। छातीमा घरीघरी के आएर बसेजस्तो ! अबचाँहि मलाई शंका भयो। भोलिपल्टै को’रोनाको पीसीआर टेस्ट गराएँ। परिणाम पनि अनुमान गरेजस्तै आयो– पोजिटिभ।

पोजिटिभ देखिएपछिको चारदिन मलाई निकै स’कस भयो। ज्व’रो आएन, खो’की लागेन तर शरीर निकै दुख्यो। मनमा अनेक किसिमको सोच आइरहने। आँत क’मजोर हुने। एन्’जाइटीजस्तो ! ड’रजस्तो ! म त म’र्छुजस्तो लाग्ने ! यो को’रोनालाई म सहजै जित्छु भने पनि मा’नसिक रुपमा यसले क’मजोर भने बनाउने रहेछ।

चार रात म सु’त्नै सकिनँ। होम आ’इसोलेसनमै बसेँ। औ’षधि केही चलाइनँ। अलिकति दू’रीमा बसेँ। सुत्न नसके पनि सु’त्ने प्रयास गरिरहेँ। स्वादै नआए पनि झन धेरै खाना, झोलहरु खाने प्रयास गरिरहेँ। यो बीचमा मन कतै नअडिने भने भइरह्यो। तर, भर्खर गीत रिलिज भएको थियो। सका’रात्मक प्रतिक्रिया आइरहेका थिए। बिरामी अवस्थामा त्यस्ता प्रतिक्रियाले अलिकति भए पनि औषधिको काम गर्ने रहेछ। मानसिक रुपमा म अलिअलि त्यता पनि बाँधिए। त्यसले गर्दा पनि म चाँडै को’रोनामु’क्त भए कि भन्ने पनि लाग्छ।

यो बीचमा आफ्नो बिरामी अवस्थालाई भुलाउन, मानसिक रुपमा बलियो बनाउन मैले नेट’फ्लिक्समा चलचित्र, सिरिजहरु हेरेँ। शरीरको पोजिसन मिलाउन गा¥ह्रो हुन्थ्यो, त्यसैले किताबचाँहि पढ्न सकिनँ। यसरी को¥रोना पोजिटिभ देखिएको पाँचौ दिनपछि मैले आफूलाई सन्चो महसुस गरेँ। लाग्यो, अब मैले कोरोनालाई जितेँ। ६ दिनपछि टेस्ट गराउँदा परिणाम पनि ने’गेटिभ नै आयो। मेरो अनुभूतिमा को’रोनाले गलाउन त निकै गलाउँछ तर मान’सिक रुपमा आफूलाई बलियो राख्न सकियो भने जितेरै छाडिन्छ। खा’सगरी मन भूलाउन सक्नुपर्ने रहेछ। म को’रोना सं’क्रमित हुँ, बिरामी छु भन्ने सोचबाट आफूलाई पर लाने प्रयत्न गर्नुपर्ने रहेछ।

मलाई संक्र’मण भएको केही समयपछि मेरो भाइ देबेन्द्र बब्लुमा पनि संक्रमण भयो। हामी दुवै अहिले निको भयौँ तर गाउँमा आमा अझै संक्रमित हुनुहुन्थ्यो। त्यसैले हामी दुवै बागलुङस्थित गाउँमा आइसकेका छौँ। आमालाई गाउँकै नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा राखिएको छ। अहिले उहाँलाई हिजोअस्तिजस्तो अक्सिजन दिनुपरेको छैन। खतरामुक्त हुनुभएको छ। यसपाली आमाको मुख हेर्ने दिन पनि नगरपालिकाको आइसोलेसनमै मनाइयो। दूरी कायम गरेरै भए पनि आमालाई माया र कृतज्ञता प्रकट गर्‍यौँ।

 

संक्र’मित भएका बेला ५ वर्षकी मेरो छोरी प्रविष्टीसँग दूरी कायम गर्नुपर्दा मलाई निकै पीडा भएको थियो। सायद आमालाई पनि त्यस्तै महसुस भयो। कोरोना संक्र’मित हुँदा मनमा जीवनप्रति विभिन्न दृष्टिकोण आउने रहेछन्। तातो पानी खाएर, झोला खाएर छुट्टै बस्नुपर्ने। आखिर जीवन के नै रहेछ र !  कति देश घुमियो, त्यहाँको स्वतन्त्रता, त्यहाँ गीत गाएको क्षण, रमाएको क्षण, उडेको क्षण सबैसबै मिस हुनेरहेछ।

म जहाँ दौडिरहेको थिएँ, जहाँ हिडिरहेको थिएँ, त्यहाँबाट आज अचानक यसरी थेचारिनु पर्दाखेरी मनमनै लाग्ने रहेछ– कतै म धेरै पो दोडिएछु कि ! हुन त मैले मात्रै होइन, यो महामारीलाई सारा संसारले सामना गरिरहेको छ, त्यही पनि त्यस्तो लाग्ने रहेछ।
(अनिल यादवसँगको कुराकानीमा आधारित)

 

Facebook Comments Box