सामाजिक

निषेधाज्ञाको समयमा बिहे “भोज” खुवाएकै कारण दुई दुलहा प’क्रा’उ

पर्वतमा   निषेधाज्ञाको  समयमा  बिहे  भोज  गर्ने दुई जना दुलहा  प’क्राउ  परेका  छन्।  जलजला   गाउँपालिका  –२ माझफाँटमा  निषेधाज्ञाका  समयमा बिहे भोज गर्ने दुई दुल हा  बुधबार  प’क्राउ  परेका  हुन् ।मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि  प्रहरीले  २३  वर्षीय  प्रदीप  परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो।

उक्त  गाउँमा को’रो’नाका  सक्रिय  संक्रमित ७५ जना छन्।जिल्ला  प्रशासन  कार्यालयले  बिहे तथा काजक्रियामा १० जना मात्रै  सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०/४०  गाउँले  भेला  भएको  प्रहरीले जनाएको छ। प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए।

प्रहरीले  सबै  भागेपछि  दुई  बेहुलालाई समातेर आवश्यक कारवाहीपछि  छाड्ने जनाएको छ।जिल्ला प्रहरी कार्यालय का प्रहरी  निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पाल ना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्र णमा लिइएको बताए। रासस

यो पनि!  जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो पार्टी वैकल्पिक  सरकारको  पक्षमा  नरहेको जानकारी गराएका छन्।राष्ट्रपति  भव न शितल निवास पुगेर ठाकुर र महतोले अर्का  अध्यक्ष  उपेन्द्र यादवले सरकार गठनका लागि पार्टी को सिफारिस ल्याए मा नमान्न  समेत आग्रह गरेको स्राेतले बतायो।

यादव दो स्राे वरियताको अध्यक्ष भएको र निर्वाचन आयोग मा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर र महतो ले  राष्ट्रपतिलाई   गराएका   थिए ।तर जसपाको विधानमा अध्यक्षहरुको  वरियता  नतोकिएको  यादव पक्षीय नेताहरु को भनाई छ।

जसपका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री केपी ओलीकै निरन्तरताको  पक्षमा छन्  भने अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई  प्रधानमन्त्री बनाउने पक्षमा छन्।स्राेतका  अनुसार  राष्ट्रपतिलाई  भेट्नु  अघि  ठाकुर र महतो   दुवैले   प्रधानमन्त्री   ओलीसँग   बालुवाटारमा भेट गरेका थिए।श्रोत:सेतोपाटि

Facebook Comments Box