ताजा समाचार

कांग्रेस रु’पन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

‘नेपाली कांग्रेस रुपन्देहिको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् । रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबार देखि भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई अस्थायी रुपमा आवास का लागि दिइएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

‘कोरोना महामारीको उपचार भइरहेका अस्पतालमा बिरा मीका लागि बेड अभाव भइरहेको अवस्थामा यसअघि नै कांग्रेस रुपन्देहीले दुई तले पार्टी कार्यालय कोरोना संक्रमि तको लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पताल को रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

‘सोही बमोजिम भिम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको महामारीका बेला बस्नलाई भए      को असुविधालाई मध्यनजर गरी बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको उनले जानकारी   दिए ।

‘आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य संस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत उनले बताए ।

यो पनि,,वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ : बाबुराम भट्टराई

‘पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् ।भट्टराईले संविधानको धारा ७६(२) बमो जिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधान मन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने बताए छन् ।

‘त्यस्तै दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, कोरोना नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोग/मुद्दा, संविधान संशोधन र आर्थिक राहतका विषयमा साझा न्यूनतम कार्यक्रम लागू गर्न सकिने पनि उनको भनाइ छ । त्यस्तै यस सरकारले १ वर्षभित्र चुनाव गराउनुपर्ने पनि भट्टराईको भनाइ छ ।

‘देशको संकट हल गर्न यसो गरौं:१.धारा७६ (२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!
— Baburam Bhattarai (@brb1954) May 12, 2021

‘नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाज वादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको फरक अडानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवा लाई बहुमत संख्या पुर्‍याउन कठिन भएको हो ।

‘ठाकुर–महतोले साथ दिने संकेत नमिलेपछि मंगलबार विपक्षी गठबन्धनको बैठक बस्न सकेन । कांग्रेस पदाधि कारीको बैठकले जसपाको ठाकुर पक्षलाई मनाउन नसके एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदको सामूहिक राजीनामा दोस्रो विकल्प हुन सक्ने भन्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ ।

‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बहुमत जुटाउन अनौपचारिक र औपचारिक तहमा सबै पक्षसँग छलफल भइरहेको छ ।

Facebook Comments Box