कृषि

कोभिडका कारण किसानहरुको प्र’मुख आयश्रोत अदुवा,अलैची भन्डारमै थन्कियो ” परे किसानहरु मारमा´’

काठमाडौं ।को’रो’नाका  कारण भारत निकासी हुन नसके पछि  कृषिजन्य  वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै को’रोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली  कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो चैत र  वैशाख  महिना  कृषिजन्य   वस्तु  निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएका ले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् ।

यसपटक को’रो’नाको   नयाँ  भेरियन्टका  कारण भारतीय बजार  सुस्ताएको छ । साथै  भारतीय  बजार  तथा  भारत प्रवेश   गर्ने  नाका  पनि  नाका बन्द छन् ।अहिले नेपालमा उत्पादित  अलैँचीमध्ये  ३०  प्रतिशत  व्यवसायीसँगै  रहेको अलैँची  व्यवसायी सङ्घका सचिव मातृका घिमिरे बताउनु हुन्छ । “बजार त डामाडोल भएको छ । कसरी विस्तार गर्ने पत्तो छैन”, उहाँले भन्नुभयाे ।

घिमिरेका  अनुसार  अबको  तीन  महिनामा  नयाँ  अलैँची उत्पादन  हुन्छ । नयाँ  अलैँची  उत्पादन  भएपछि  पुरानोले बजार  पाउँदैन ।  त्यसै  पनि  पछिल्लो   समय  अलैँचीको बजार  खस्किएको  छ  अहि ले किसानले ल्याएको अलैँची लिन सक्ने तागत हामीमा छैन । प्रति मन ९४० किलो० को रु २४ हजारका  दरले दामकाम  गरिदिने गरेको छ” घिमिरे ले भने,  “झापा   भएर  जाने   हो  अलैँची ।  झापामै  पनि को’रो’नाको   जोखिम   धेरै  छ । यो  जोखिम मोल्न सक्ने सामथ्र्य छैन ।”

अलैँचीको मात्र होइन अदुवाको समेत हविगत फरक छैन । अलैँचीजस्तै अदुवा निकासी हुने   मुख्य सिजन यही हो तर निकासी शून्य छ । “बच्चा  अदुवा अहिले भारतमै उत्पादन हुने  भएकाले   नेपाली  अदुवाको  भाउ  छैन”,  व्यवसायी मातृका  घिमिरेले  भने, “भारतमा  अदुवाको माउ नझिक्ने भएकाले  त्यो  बेला  चाहिँ  राम्रै भाउ आउँथ्यो तर यो बेला डामाडोल  भयो ।” किसानले  अदुवा रोपिएको केही समय मा  पुरानो  ९जिली०  अदु वा निकालेर  बेच्ने गर्छन् । यसो गर्दा बच्चा  वा  नयाँ  अदुवा  बढ्ने  गर्दछ तर भारतमा भने यसो गरिँदैन । पुरानो अदुवाको सिजनमा भाउ पाइने गर्छ ।

अदुवाको  नयाँ उत्पादन अबको दुई महिनामा हुन थाल्छ । त्यसैले पनि अहिले नै व्यवसायीले आफूसँग भएको अदुवा बेचिसक्नु  पर्छ । यस  पटक  कोभिडका कारण व्यवसायी निराश  बनेका  छन् । अहिले  नयाँ अदुवाको भाउ रु ८०० प्रतिमन छ  भने  बिउ  अदुवा प्रतिमन रु दुई हजार छ । यो मूल्य   सामान्य  अवस्थाको  भन्दा  कम  हो ।  अन्तर्राष्ट्रिय बजारमा  पनि  नेपाली अदुवा र अलैँचीको परिमाण बर्सेनि घट्दो छ ।श्रोत:news24 nepal

Facebook Comments Box