राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँ मा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्। आज ट्वीट गर्दै अन्तर्राष्ट्रि य नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्ती का अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन्।
‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभए का सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका
अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपतिले भनेकी छन्। आज नेपालसहित विश्वभरि नै ‘नर्सस् नेतृत्व का लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ।
यो पनि! मुम्बई । सोशल मिडिया एक यस्तो प्लेट फर्म हो जहाँ जे पनि गलत हल्ला फैलिने गर्दछ । गलत हल्लाको बढी शिकार बी टाउनका स्टार बनिरहेका छन् ।गत केही दिनदेखि कयौ स्टारको नि’धनको गलत हल्ला सोशल मिडियामा फैलिरहेको छ । यो लिष्टमा धारवाहिक ‘भहा भारत’मा भीष्म पितामहको भूमिका निर्वाह गर्ने अभिनेता मुकेश खन्ना पनि परेका छन् ।
अहिले सोशल मिडियामा उनको नि’धनको गलत हल्ला फैलिएको छ । सोशल मिडियामा कयौ युजर्सले उनको नि’धनको पोष्ट गरेका छन् । तर, मुकेशले आफु स्वस्थ रहेको बताएका छन् । म बताउन तपाईहरुका अगाडि आएको छु । म एकदमै ठीकठाक छु’ खन्नाले एक भिडियो शेयर गर्दै भनेका छन् ‘म मेरो बारेमा फैलिएको गलत हल्लको खन्डन गर्दछु र निन्दा पनि ।’
‘सोशल मिडियाको समस्या नै यहि हो कि, मानिस गलत समाचार फैल्याउने गर्दछन् ’ उनले अगाडि भने ‘ मेरो साथमा तपाईहरु सबैको आर्शिवाद रहेको छ । त्यसैले मलाई केही हुन सक्दैन ।’उनले आफ्नो चिन्ता लिनेलाई धन्यवाद समेत दिएका छन् । मुकेशको दाई सतीश खन्ना को भने केही अगाडि नि’धन भएको थियो ।
उनले ८४ बर्षको उमेरमा मुम्बईको आफ्नो घरमा अन्तिम सास फेरेका थिए ।गत ४ मेमा रामायणमा रावणको भूमि का निर्वाह गर्ने अभिनेता अरविन्द त्रिवेदीको पनि निधनको झुटो समाचा र फैलिएको थियो । अभिनेत्री मीनाक्षी शेषद्री स र गायक लकी अलीका बिषयमा पनि यस्तै झुट फैरिए को थियो ।श्रोत:रातोपाटि