ताजा समाचार

प्राधिकरणलाई लाग्यो यति धेरै घाटा, उद्धारका लागि सेना गुहारियो…

नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ ।प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको बताए ।

घिसिङले भने– ‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ ।

विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ ।

के गर्ने के नगर्ने भइरहेको छ ।’नुवाकोटको बेलकोटगढी नगर पालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन ।बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए

तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकर णले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको छ ।कुरा गर्दै उनले भने– ‘तारमा गएर उसलाई तल झार्न पनि सम्भव छैन्, बोलाउँदा झन् झन् माथि गइरहेको छ ।

नेपाली सेनालाई पनि भनेका छौँ, सिडिओ पनि लागिरहनु भएको छ । आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुप    र्ने मान्छे नै तयार भएन भने के गर्ने ? समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।’

घिसिङले ती ब्यक्तिमा मानसिक समस्या रहेको बताए । उनले भने–‘ विद्युत टावरमा हतपत्त मान्छे चढ्दैनन् । कि आत्महत्या गर्न गएको हुनुपर्यो ।’

५ घण्टादेखि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द भएपछि काठमाडौंमा विद्युत वितरणमा केही समस्या हुने उनले बताए । प्रशारण लाइनमा हिँडिरहेका विकको उद्धार प्रयास जारी रहेको छ ।

Facebook Comments Box