एक्सक्लुसिभ भिडियो ताजा समाचार

भर्खरै मन्त्री झाँक्रीले मागिन् माफी( भि‘डियो सहित)

काठमाडौं / शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माफी मागेकी छन् । सिसडोलबासीको भावनामा चोट पुग्ने गति विधि भएको भए आफूलाई माफी दिन दुई हात जोडेर आग्रह गरेकी हुन् ।फोहोर व्यवस्थापनबारे छलफल गर्न

मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलन कर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसद हरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमन को विरोध गरे । मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती

नहुने बताइन् । उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइ प्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’तर पनि फोहोर व्यवस्थापन का विषयहहरु मा त्यहाँका स्थानीयले सहयोग गर्न पर्ने बताइन् । ‘फोहोर नफाल्ने ठाउँमा फोहोर

फालेको छ, गन्तव्यसम्म फोहोर पुगेको छैन् ।उनले भनिन्, ‘यसरी काम चोरहरुको बारेमा हामीलाई सहि सूचना दिनु होस् । हामी कारवाही गर्छौँ ।’उनले स्थानीयका मागहरु जायज भएकाले सरकारले सम्बोधन गर्ने वचन दिइन् ।

‘धेरै मागहरु जेन्युन छन् । केही मागहरु कठिन् पनि छन् तर असम्भव छैनन् ।’ उनले भनिन्, ‘केही समय लाग्छ । तपाईँहरुले यसका धैर्यता देखाउन अब विस्तृतमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माफी मागेकी छन् ।

सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए आफूलाई माफी दिन दुई हात जोडेर आग्रह गरेकी हुन् फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाए को छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनी

का जनप्रतिनिधिहरु का साथै सांसदहरू भूमि त्रिपाठी, नारायण प्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे । मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् । उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई

चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’तर फोहोर व्यवस्थापन का विषयमा त्यहाँका स्थानीयले सहयोग गर्न पर्ने बताइन् । ‘फोहोर नफाल्ने ठाउँमा फोहोर फालेको छ, गन्तव्यसम्म फोहोर पुगेको छैन् ।’ उनले भनिन्, ‘यसरी काम चोरहरुको

बारेमा हामीलाई सहि सूचना दिनुहोस् । हामी कारवाही गर्छौँ ।’उनले स्थानीयका मागहरु जायज भएकाले सरकार ले सम्बोधन गर्ने वचन दिइन् । ‘धेरै मागहरु जेन्युन छन् । केही मागहरु कठिन् पनि छन् तर असम्भव छैनन् ।’ उनले

भनिन्, ‘केही समय लाग्छ । तपाईँहरुले यसका धैर्यता देखाउन पर्छ ।’याे पनि  काठमाडौं । काठमाडौं महानगर पालिकालाई कल सेन्टर मार्फत एकै दिन हजारौको थरी थरी गुनासो आएको छ । महानगरले कल सेन्टर सुरु

गरेको बुधबार एक दिनमा महानगरपालिकालाई हजारौको कल सेन्टर मार्फत बिभिन्न थरिका गुनासो आएको हो ।ति कलाहरु मध्य भने अधिकांश फोन फोहोरको व्यवस्थापन सम्बन्धी गुनासोहरु आएको महानगर को सूचना प्रविधि

विभाग का विभागीय प्रमुख नवराज ढकालले बताए । यसरी एकैदिन हजारौले कल सेन्टर मार्फत गुनासो टिपाउन थालेपछि महानगरको बालेन नेतृत्वको टिमले कसरी गुनासो सम्बोधन गर्लान् भनी चर्चा सुरु भएको छ।

उनले भने,‘प्राप्त भएको कलहरू मध्ये धेरैजसो ११ गते देखि फोहोर रोकिराखेको छ । फोहोर कहिले उठ्छ भनेर धेरै नागरिकहरूको गुनासो थियो त्यो बारेमा हामीले जान कारी गराएको छौँ । कतिपय खाल्डाखुल्डी ढल फुटेको

कुरा आएको छ ।कतिपय ठाउँमा घर निर्माण अवैध भइ रहेको सूचना आएको छ ।’क्युआर कोड,परिचयपत्रको तयारी, कर लगायतका सेवाहरूको बारेमा पनि कल सेन्टर मा फोन गरेर सोध्ने गरेको उनले बताए ।कल सेन्टरमा

आएका गुनासोहरू दुई वटा डेस्कबाट कामहरू हुँदैछ । उनका अनुसार एउटा डेस्कमा सोध बुझ खालको हुन्छ । कुन सेवा कहाँबाट लिन सकिन्छ भनेर जानकारी दिन सकिन्छ । अर्को गुनासो सुन्ने डेस्क छ । गुनासो छानबिन

गर्ने र त्यसपछि गुनासो समाधानको लागि पहल गर्ने गरिएको छ ।उनी भन्छन्, ‘फोन गर्ने कलरहरूको नाम फोन नम्बरसहित उहाँहरूको गुनासो टिप्छौँ । टिपेर सफ्टवेयरले सबै वडा र विभागहरूमा उहाँहरूले बोलेको

रेकड सहित नै फरवार्ड गर्छौँ । गुनासो टिपोट गरेको पनि फरवार्ड गर्छौ । सम्बन्धित ठाउँबाट कार्यान्वयन भएपछि हामीलाई त्यसको जानकारी प्राप्त हुन्छ सम्बन्धित गुनासो कर्तालाई पनि जानकारी गराउने व्यवस्था गरेका छौँ ।’कल

सेन्टरमा अहिले गुनासो सुन्नको लागि ३ जना छन् ।एकै पटक १५ जनाको कल ह्यान्डिलङ गर्न सक्ने सफ्टवेयरको व्यवस्था गरिएको छ । प्राप्त गरेको फोन डाइभर्ट गर्दै १५ जना सम्मको एकै पटक फोन उठाउन सकिने गरी पनि

सफ्टवेयर को व्यवस्था मिलाएको विभाग प्रमुख ढकालले बताए । उनले थपे,‘ गुनासोलाई तुरुन्तै सम्बन्धित विभाग वडा महाशाखामा जोसँग सम्बन्धित गुनासोहरू छन् ती गुनासो फरवार्ड गर्ने सिस्टम बनाएको छौँ ।उहाँहरू को

इमेलमार्फत जान्छ । उहाँहरूले गुनासो गरेको सबै रेकड राख्ने गरेको छौँ ।’साढे ९ बजेदेखि साढे ५ बजेसम्म फोन गरेर गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ । त्यसपछि उनीहरूको गुनासो ५ नम्बर डायल गरेर आफ्नो गुनासो

टिपाउन सकिने छ भनेर मेसिनले नै जानकारी दिन्छ । सेवाग्राहीले बेलुका अथवा सार्वजनिक बिदाको दिन पनि गुनासो टिपाउने व्यवस्था समेत गरेको छ । उक्त समयमा टिपेको गुनासोहरु कार्यालय समयमा सम्बन्धित ठाउँमा

पठाउने गरिन्छ । कल सेन्टर भर्खरै सुरु गरेको हुनाले कतिपय प्राविधिक विषय पनि मिलाउनुपर्ने कर्मचारीलाई तालिम दिने २४ सै घण्टा पनि लान सकिने उनको भनाइ छ ।तर इमरजेन्सीमा काम गर्न सकिने गरी कुनै निकायले

सिस्टममा बसेर पनि हेरिराखेको हुन्छ ।ढकालले भने, ‘विभिन्न खालको संकटको बेला तुरुन्तै हेर्नुपर्ने हुन्छ । निगरानी गर्ने टोलीले त्यो तुरुन्तै गर्न सक्ने काम गर्छ । अहिलेलाई भर्खरै प्रारम्भ गरेको हुनाले कार्यालय समयमा

मात्रै यसको सञ्चालन हुन्छ । भोलि आवश्यकता पर्दा २४ सै घण्टा यो सेवा दिन सकिन्छ ।’कल सेन्टरकी कर्मचारी गुणलक्ष्मी गजुरेलले आज पनि बिहानैदेखि धेरैजसो फोहोर कै गुनासो आएको बताइन् । उनले फोहोरको गुनासो गर्ने

लाई वर्षदेखिको समस्या हो बिस्तारै समाधान हुने भनेर जवाफ दिने गरेको समेत बताइन् ।यस्तै कल सेन्टरमा होस्टेलमा पानी व्यवस्थापन नभएकोदेखि कलेजले पम्पलेट फालेर फोहोर गरेको समेत गुनासो आउने गरेको

उनले बताइन् ।उनले भनिन्, ‘धेरै फोहोरमैलाको आएको छ । बिस्तारै हुन्छ । वर्षोदेखि पिच रोड खन्यो कि कलेजकै बजार आफ्नो फोहोर पारिदिएको छ विभिन्न होस्टेल राम्रो व्यवस्थापन भएन तपाईँहरू ले के कस्तो काम गर्नुहुन्छ।।

भनेर सोध्नुहुन्छ । जसले फोहोर गर्‍यो गुनासो सम्बन्धित वडामा नै जानुपर्छ वडाले सकेन भने मात्रै कहाँ पठाउनुपर्ने हो त्यहाँ फरवार्ड गर्नुपर्छ ।’

Facebook Comments Box