ताजा समाचार दु:खद खबर

कलङ्कीको मुख्य चोकबाट आयो एकदमै दु:खद खबर..

काठमाडौं, ।इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटर साइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालि का– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ

आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृ,त्यु भएको हो ।मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् ।

मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसा इकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहा दुर थापाले जानकारी दिए । घटनापछि ट्रक चालक फरार रहे काले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

कलङ्कीको मुख्य चोकमा दिवाकरको मृ,त्यु

काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृ,त्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिपरले

बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिवेंशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृ,त्यु भएको हो ।

उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन तीनतले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलबार करेन्ट लागेर गम्भीर घा,इते भएका उनको उपचारका क्रममा पाटन अस्तपा लमा मृ,त्यु भएको हो ।

Facebook Comments Box