एक्सक्लुसिभ भिडियो ताजा समाचार

पैसा राखेर नमूना मतपत्र वितरण गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदा ताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै

प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालि का–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।

उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् ।

लामालाई मतपत्र र रकमसहित स्थानीयले निय न्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाए ।

गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुनः उम्मेदवार बनेका हुन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

Facebook Comments Box