हाईलाइट

गंगा दाहालले आचारसंहिताविपरीत आफ्नो दिदीलाई मागिन् भोट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले निर्वाचन आचारसंहिताविपरित गठबन्धनका उम्मेदवारलाई भोट मागेकी छन् ।

गएरातिदेखि नै मौन अवधि सुरु भएपनि उनले आज मध्यान्ह साढे १२ बजे सामाजिक सञ्जा लमार्फत मत मागेकी हुन् । प्रचण्ड पुत्री दाहाल ले आफ्नो दिदी रेनु दाहालको तस्बिर राख्दै ‘गठबन्धनका उम्मेदवारलाई किन भोट दिने?

’ भनेर तयार पारिएको प्रचार सामग्री सेयर गरेकी छन् । रेनु यसपालि पनि चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठेकी छन् ।

उनी त्यहाँ गठबन्धनकी साझा उम्मेदवार हुन् ।

यो पनि,,प्रचण्ड र आरजुलाई आयोगबाट आयो दु:खद खबरकांग्रेस नेता आरजु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। फाइल तस्बिर।कांग्रेस नेता आरजु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई निर्वाचन आयोगले स्पष्टीक रण सोधेको छ। प्रचण्डले दिएका अभिव्यक्ति माथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

प्रचण्डले चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण दिन भनेको छ। यस्तो अभिव्यक्ति दिनुको अन्तरनि हीत मनसाय के हो भन्ने प्रश्नसमेत आयोगको छ।

यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

आरजुले सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित कांग्रेसका चुनावी सभामा बोलेका अभिव्यक्तिलाई लिएर आयोगले मंग लबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

उनले चार/पाँच जनाका दरले वैदेशिक रोज गारीमा युवालाई पठाउने, कांग्रेसलाई मेयर नजितेका ठाउँमा बजेट नपठा उनेजस्ता अभिव्यक्ति दिएकी थिइन्।

कांग्रेस नेताका हैसियतमा यस्ता अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन भनेर आयोगले राणासँग स्पष्टीकरण सोधेको छ।

Facebook Comments Box