एक्सक्लुसिभ भिडियो ताजा समाचार

तपाई को रोजाई ३ मध्य को हो? कस्ता छन योजना शेयर गरि कमेन्ट गर्नुस् (भि‘डियो)

स्थानीय चुनाव हुन तीन दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंको मेयरमा जनताले कसलाई छान्छन् भन्ने चासो उत्कर्षमा पुग्नलागेको छपछिल्ला केही दिनदेखि काठमाडौं

महानगरका मतदातासँग भेटेर उनीहरूका चासो र उनी हरूले चुन्न चाहेको मेयरबारे कुरा गरिरहेको छ। पहिलो चरणमा हामीले टेकुदेखि ठमेलसम्मका १२ वटा वडामा

फैलिएको मुख्य नेवार बस्तीका २०० मतदातासँग कुरा गरेर स्टोरी प्रकाशित गरिसकेका छौं। (हेर्नुहोस्: काठमाडौं को भित्री नेवार बस्तीमा केशव स्थापित, सिर्जना सिंह र

बालेन शाहमध्ये को बलियो?)दोस्रो चरणमा हामीले भित्री नेवार बस्ती बाहेकका २० वटा वडाका मतदातासँग कुरा गरेका छौं।हामीले पछिल्ला केही दिनमा नक्साल, हाँडि

गाउँ, बालुवाटार, महाराजगन्ज, लाजिम्पाट, सामाखुसी, बालाजु, नयाँबजार, अनि सोह्रखुट्टे, स्वयम्भू, कालिमाटी, बाफल, रविभवन, कलंकी,कुलेश्वर, बानेश्वर, शान्तिनगर,

कोटेश्वर, नरेफाँट, बौद्ध, महांकाल, कुमारीगाल, गौरीघाट, चाबहिल, पशुपति लगायत ठाउँका ३३० मतदातासँग उनीहरूकै टोल, गल्ली र चोकमा भेटेर कुराकानी गरेका

हौं।भित्री नेवार बस्तीमा एमालेका केशव स्थापित र कांग्रेस की सिर्जना सिंहबीच मुख्य प्रतिस्पर्धाहरु देखिन्थ्यो भने स्वतन्त्र उम्मेदवार बालेन शाह तेस्रो स्थानमा थिए। भित्री

बस्ती बाहेकका २० वडामा भने सबभन्दा धेरै मतदाताले शाहलाई मत दिने बताएका छन्।हामीले कुरा गरेका ३३० मतदातामध्ये १०३ जना अर्थात ३१ प्रतिशतले बालेन शाह

लाई भोट दिने बताए। त्यस्तै, ६५ जना अर्थात झन्डै २० प्रतिशतले एमालेका केशव स्थापितलाई र ५१ जना अर्थात १५ प्रतिशतले नेपाली कांग्रेसकी सिर्जना सिंह लाई भोट

दिने बताए।यी तीन जना उम्मेदवारबाहेक राप्रपाका मदनदास श्रेष्ठलाई २४ जनाले र स्वतन्त्र उम्मेदवार सुमन सायमिलाई १६ जनाले भोट दिन्छु भने। यसबाहेक अन्य

उम्मेदवारलाई मतदाताहरूले लगभग सम्झिएनन्। ५३ जना मतदाताले भने अझै निर्णय गरिनसकेको बताए।वैशाख ३० गते भोट हाल्ने दिन मतदाताले यीमध्ये कस

लाई रोज्छन्, त्यो त अन्तिम मतपरिणामले नै बताउनेछ। कतिपय मतदताले भोट हाल्ने दिन मात्रै अन्तिम निर्णय गर्ने बताएका छन्। तर अहिलेसम्म मतदाताको कुरा सुन्ने

हो भने यसपालिको चुनावमा नयाँ र स्वतन्त्र उम्मेदवार शाहप्रति काठमाडौंका यी २० वडामा ठूलो आकर्षण देखिएको छ।हामीले पछिल्लोपटक नेवार बस्ती भएको

‘कोर-सिटी’ मा स्टोरी गर्दा पनि उनी मतदाताको तेस्रो छनौटमा थिए। त्यहाँ सबभन्दा धेरैले स्थापित, दोस्रोमा सिंह र तेस्रोमा शाहलाई मत दिन्छु भनेका थिए।२०७४

सालको स्थानीय चुनावमा पनि साझाका किशोर थापा र विवेकशील पार्टीका रञ्जु दर्शनाले कोर-सिटीबाट ५-७ हजार मत मात्र ल्याएका थिए। यसपालि यो मुख्य नेवार

बस्तीमै शाहलाई भोट दिन्छु भन्ने मतदाता बढेका छन्। शाह आफैं पनि नरदेवीका बासिन्दा हुन्। कोर-सिटीमा स्थापितलाई भोट दिन्छु भन्ने ३१ प्रतिशत र सिंहलाई दिन्छु

भन्ने २५.५ प्रतिशत मतदाता भेटिँदा बालेनलाई दिन्छु भन्ने १८ प्रतिशत थिए। मतदाताको ठूलै संख्याले कसलाई भोट दिने अझै निर्णय गरिनसकेको बताएका थिए।दोस्रो चरण

मा मुख्य नेवार बस्तीभन्दा बाहिरका २० वटा वडामा पुगेर कुरा गर्दा बालेन शाहलाई मत दिन्छु भन्नेको संख्या ह्वात्तै बढेर उनी मतदाताको पहिलो रोजाइमा पुगेको देखिएको

छ।यसरी बालेनलाई भोट दिन्छु भन्ने मतदाता बढ्नुका पछाडि स्थापित पार्टीहरूप्रतिको विकर्षण मुख्य कारण देखिन्छ। उनलाई यसपालि एमाले र कांग्रेसका परम्परागत मतदाताले पनि ठूलो संख्यामा भोट दिन्छु भनेका छन्।

बालेनलाई भोट दिन्छु भन्ने १०३ मतदातामध्ये ३८ जनाले अघिल्लोपटक एमालेलाई र २६ जनाले कांग्रेसलाई दिएको बताए। त्यस्तै, २१ जनाले अघिल्लोपटक साझा र विवेक शील पार्टीलाई दिएका थिए भने १८ जनाले पहिलोपटक

भोट हाल्न लागेको बताएका छन्।बालेन शाहलाई मत दिने निर्णय गरेका मतदाता किन त्यो निर्णयमा पुगे? के भन्छन् उनीहरू?चाबहिल, कुमारीगाल बस्ने ३८ वर्षीया सुनिता तामाङले बालेनलाई मत दिने निर्णय पनि गरिसकेकी छन्।

‘कांग्रेस, एमाले र माओवादीलाई यसअघिका चुनावहरूमा भोट हालेकै हो।यसअघिको स्थानीय चुनावमा पनि परिवार ले कांग्रेसलाई दिनुपर्छ भनेकाले उतै दिइयो। अब चाहिँ पुग्यो,’ सुनिताले भनिन्, ‘यसपालि म बालेनलाई भोट दिने

हो। उनको कुरा मलाई मन परेको छ।’उनी आफूलाई राजा मनपर्ने भएकाले उपमेयरमा भने हलोमा भोट हाल्ने बताउँ छिन्।जसले जिते पनि मलाई बागमती सफा भएको हेर्न मन छ,’ उनले भनिन्, ‘यहाँ पौडी खेल्दै हुर्किएका मानिस

अझै छन्। तर अहिले नजिक जाँदा पनि गनाउँछ। नेताहरू ले खोला सफा पार्न कामै गरेनन्।’उनले अगाडि भनिन्, ‘काठमाडौंमा कति धेरै पुराना र राम्रा कुरा छन्। हामीलाई ती पुराना कुराहरू जोगाउने मेयर चाहिएको छ। भक्तपुर र

ललितपुरका मेयरले कति धेरै काम गरे काठमाडौंमा त्यत्ति को काम देखिएन। त्यसैले हामीलाई राम्रो काम गर्ने मेयर चाहिएको छ।बौद्ध, महांकालकी ३७ वर्षीय विमला तामाङ पनि मेयरमा बालेन शाहलाई भोट दिने निर्णयमा पुगिसके

को बताउँछिन्।अरूमा कसलाई दिने निर्णय गरेको छैन, मेयरमा चाहिँ बालेनलाई नै दिने हो,’ उनले भनिन्, ‘नेपाल मा धेरै नेता छन्। माओवादीले धेरै वर्ष द्वन्द्व गरेर आयो, केही गरेन। सबै दलले विकासभन्दा धेरै भ्रष्टाचार गरे।

बालेन ले जे गर्छु भनेको छ, त्यो मलाई राम्रो लागेको छ। अरूले त यहाँ राजनीति मात्र गर्ने हो, काम केही गर्दैनन्।’ जसले जिते पनि सरकारी अड्डाअदालतमा काम छिटो हुनुपर्ने र नातावाद, परिवारवाद र भ्रष्टाचार अन्त्य हुनुपर्ने

उनको भनाइ छ। हामीले कुराकानी गरेकामध्ये पहिले कांग्रेस, एमाले वा अन्य दललाई भोट हालेकाहरू पनि धेरै जना यसपालि बालेनप्रति आकर्षित देखिए।वडा नम्बर ६, बौद्धका ३९ वर्षीय स्याङ्बो शेर्पा तिनैमध्ये एक हुन्। उनले

यसअघि कांग्रेसलाई मत दिएका थिए, यसपालि बालेन लाई दिने भनी निधो गरेर बसेका छन्।

Facebook Comments Box