काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ नि’ध’न भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।दोलखाका चौलागाईं को’रो’ना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचा र गराइरहेका थिए । एमालेका पोलिट ब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।
एमालेका प्रभावशा ली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमा ले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् ।
उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छो री छन् । श्रीमती र एक छोरी लाई पनि को’रोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।
यो पनि! पोखरामा को’रो’ना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने भएको छ । पार्टीले को’रो’ना संक्रमितलाई राख्नका लागि पोखराको चिप्लेढुङ्गा र खुदी मा रहेको पार्टी कार्यालयलाई आइसोलेशन वार्ड बनाउन दिने निर्णय गरेको हो । त्यसैगरी पार्टीले संक्रमितका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्ण य गरेको जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।
काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ भएको र महँगो रकम तिर्नु पर्ने अवस्था रहेकाले यही जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको प्रशासन लाई जानकारी गराउँदै अनुमति समेत लिएको छ । कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता
नवीन सिग्देल मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णयबारे जानकारी गराएका थिए । नेताद्वयले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्य कता अनुसार समन्वय गर्दै जाने बताएका छन् ।श्रोत: रातोपाटि