बिल गेट्स र मेलिन्डा गेट्सले डिभोर्स गरेको खबर सार्वज निक भएको एक साता भयो। विवाह गरेको २७ वर्षपछि बिल र मेलिन्डाले डिभोर्स गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।गत मे ४ मा बिल र मेलिन्डाले ट्विटरमा संयुक्त वक्तव्यसहित आफूहरू छुट्टिएको निर्णय बारे जानकारी गराएका हुन्।
दुईको सम्बन्धविच्छेद संसारभर चासोको विषय बन्यो। खबर थाहा पाउने बित्तिकै धेरैको मुखमा ‘के?’ भन्ने भयो होला। धेरैको मनमा थुप्रै प्रश्नहरू उब्जियो होला। जस्तै किन? कसरी? उनीहरूले संयुक्त रूपमा सञ्चालन गरिरहे को फाउन्डेसनको अब के हुन्छ?उनीहरूको सम्बन्ध विच्छे दको कारण यकिन नभए पनि फाउन्डेसनको काम भने मिलेर निरन्तरता दिने उनीहरूले जारी गरेको संयुक्त वक्त व्यमै भनिएको छ।
धेरैको मनमा अझै खट्किरहेको अर्को मुख्य प्रश्न बिल र मेलिन्डा बस्ने भव्य घरको अब के हुन्छ? भन्ने हो। कस्तो थियो होला उनीहरू बस्ने घर?बिल र मेलिन्डा बस्ने घरलाई जानाडु २.० भनेर पनि चिनिन्छ। जसरी हाम्रोमा ‘फलानो निवास’ भनेर नामकरण गरिन्छ ।बिल र मेलिन्डा बस्ने जानाडु २.० को अनुमानित मूल्य १३ करोड अमेरिकी डलरभन्दा बढी छ। ६६ हजार स्क्वायर फिटमा फैलिएको जानाडु २.० वासिङटन तालको छेउछाउतिर छ। उनीहरू को छिमेकको रूपमा अहिलेको संसारकै धनाढ्य व्यक्ति जेफ बेजोस छन्।
यतिका वर्ष बिल र मेलिन्डाले आफू बस्ने घरको आवरण गोप्य राखेका छन्। घर कस्तो छ, भित्र के-के छन् भन्ने पूरा जानकारीको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन। यद्यपि विभिन्न मिडिया र आगन्तुकहरूले जानाडु २.० को भित्री आवरणबारे धेरथो र रिपोर्ट सार्वजनिक गरेका छन्।धनाढ्य व्यक्तिहरूको घर कस्तो हुन्छ भन्ने आफैं पनि अनु मान लगाउन सक्छौं।
सन् १९९५ मा न्यूयोर्क टाइम्स मा प्रकाशित एक लेखका अनुसार जानाडु २.० मा २० वटा कार अट्ने ग्यारेज छ। यो एक पहाड नजि कै छ। जानाडु २.० भित्र ६० फिटको इन डोर र आउटडोर स्विमिङ पुल पनि छ। जसमा पानीभित्र म्युजिक सिस्टम व्यवस्था छ। यहाँ ट्राम्पोलिन कोठा पनि छ जहाँ जिम अथवा अन्य व्यायाम ग र्न सकिन्छ।जानाडु २.० भित्रै दुई हजार ५ सय स्क्वायर फिटको जिमखाना रहेको प्रकाशित लेखमा समावेश गरिएको थियो। त्यस्तै भित्र आर्ट -डेको फिल्म थिएट र छ। अर्थात् भर्चुअलमा वास्तुकला डिजाइनहरू भएको थिएटर।
यहाँ हरेक कोठामा टच -प्याड -नियन्त्रित, भन्नाले छोएकै भर बत्ती , संगीत र कोठाको वातावरण नियन्त्रण गर्न सकि ने प्रणाली छ।उक्त लेखका अनुसार भित्र भ्रामक डिजाइन मा तयार गरिएको बेडरुम (सुत्ने कोठा) र बाथरुमहरू छन्। घरमा जम्मा ७ वटा बेडरुम छन् भने २४ वटा बाथरु म। हो, २४ वटा बाथरुममा मात्रै!सन् २००७ मा एक प्रशि क्षार्थीले जानाडु २.० लाई नियाल्ने अवसर पाएका थिए।
उनका अनुसार घर भित्रको ताल छेउमा भएको बीच (समुद्र किनार) मा ओछ्याइएको बालुवा हवाइबाट ल्याइए को हो। माइक्रोसफ्टले ती प्रशिक्षार्थीले गरेको रिपोर्ट प्रकाशन समय लेखेको थियो, ‘पूरै घर सुन्तला रंगको काठ बाट बनाइएको छ। यहाँको ल्यान्डस्केप हेर्दै लोभलाग्दो छ। अद्भूत छ।’सिएनएनले बिल र मेलिन्डा गेट्सका प्रवक्तासँग उनीहरू बस्ने घर र सम्बन्धविच्छेदपछि घर कसको हुनेछ भन्नेबारे जान्न खोजे पनि उनले कुनै टिप्पणी दिएनन्।
यो घर, जानाडु २.० बिल गेट्सले मेलिन्डासँग विवाह गर्नु अघिदेखि बनाउन सुरू गरेका हुन्। मेलिन्डा पहिले घरलाई लिएर त्यति रोमान्चित थिइनन्। ‘ म यो घरभित्र जान्छु भन्नुको अर्थ मलाई यो घर मन परेर गएकी हुनेछु। तै पनि हाम्रो परिवार जहाँ त्यही हाम्रो घर हुने हो,’ मेलिन्डाले सन् २००८ मा फर्च्युन म्यागेजिनलाई दिएको एक अन्तर्वार्तामा भनेकी थिइन्।
मेलिन्डाले पछि घरको वास्तुकलामा नयाँ डिजाइन थपिन्। उनले आफूलाई मन पर्ने डिजाइन बनाउन भनेकी थिइन्। तर केही वर्षपछि मेलिन्डा आफैंलाई घरको डिजाइन उत्ति राम्रो लागेन ‘हामीसँग त्यो घर सदाको लागि रहने होइन,’ मेलिन्डाले सन् २०१९ मा न्यूयो र्क टाइम्सलाई भनेकी थिइन्, ‘वास्तवमा म त्यो दिनको प्रतिक्षामा छु जुनबेला बिल र म पन्ध्र सय स्क्वायर फिटको घरमा बस्नेछौं। यो घर म आउनुभन्दा अघि बनाइएको भए पनि यसको पूर्ण जिम्मेवारी मैले नै लिएकी छु।’
बिल र मेलिन्डा गेट्स बसेको घरबारे विभिन्न पत्रिका र अन्य श्रोतहरू ले तया र पारेका रिपोर्टबाट केही झलक पाउन सक्छौं । त र अब यो घरमा को बस्छन् वा घरको के हुन्छ भन्ने अहिलेसम्म यकिन छैन। फोर्ब्स म्यागजिनका अनुसार बिल गेट्स संसारको चौथो धनी व्यक्ति हुन्। बिल गेट्सले सन् १९७ ५ मा कम्प्युटर सफ्टवेयर कम्पनी, माइ क्रोसफ्ट स्थापना गरेका हुन्।
तर गत वर्ष मात्रै उनले माइक्रोसफ्ट बोर्डबाट राजीनामा दिए। केही समय अघिदेखि बिल गेट्स र मेलिन्डा गेट्स विभिन्न लोककल्याण कारी कामहरूमा आवद्ध छन्। उनी हरूको ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ छ। सम्बन्ध विच्छेद भएपनि उनीहरूले फाउन्डेसनको कामलाई भने निरन्तरता दिने बताएका छन्। श्रोत:सेतोपाटि