हामीमध्ये धेरैले घरमा आमाको मुखमा एउटा कुरा त सुने कै छौं – मलाई नसिकाउ , तिमीलाई ९ महिनासम्म कोख मा हुर्काएको हुँ । हुन त यो कुरा धेरै सुनेको भएर होला साधारण जस्तो लाग्छ तर एकचोटी घोत्लिएर सोच्ने हो भने आमाको यो कुरामा असाध्यै दम छ । एउटा बच्चा आमाको गर्भमा हुर्कनु
एउटा निकै जटिल प्रक्रिया हो । यतिबेला आमाको शरीर आफ्नो बच्चाका लागि असाध्यै धेरै परिवर्तन हुन्छ, यसको मूल्य एउटी आमाले आफ्नो ज्यान जोखिममा राखेर चुका उँछिन् । आउनुहोस् आज मातातीर्थ औंसीको दिन यस्तै केही चकित पारिदिने वैज्ञानिक तथ्यबारे जानकारी लिऔं जसमा ९ महिनासम्म आमाको गर्भमा हुर्कनुको अर्थ के हो भनेर बुझ्न सकिन्छ ।
बच्चाका कारण आमालाई सास फेर्न हुन्छ सकस ÷ हुर्किर हेको बच्चालाई स्थान दिनका लागि आमाको सबै भित्री अंग आफ्नो स्थानबाट हट्ने गर्छ । पेट– आन्द्रा दबिने भएकोले आमाको खाना सहजै पच्न सक्दैन । फोक्सो र डायाफ्राम दबिएका कारण आमालाई सास फेर्न पनि समस्या हुन्छ ।
५० प्रतिशतसम्म रगत बढाउँछिन् आमा, मुटुमा पर्छ डेढ गुणा बढी बोझ ÷ सरुपाती दिनपछि आमाका शरीरले ३०–५० प्रतिशतसम्म रगत र प्लाज्मा बढाउने गर्छ । यो अतिरिक्त रगत र प्लाज्मा बच्चालाई पोषण दिनका लागि काम लाग्छ । धेरै रगत पम्प गर्नका लागि आमाको मुटुले ५० प्रतिशतसम्म बढी मिहिनेत गर्नुपर्छ ।
खाना आमा खान्छिन् तर सुरुमा पोषण बच्चाले पाउँ छ÷ आमाले जे खान्छिन् त्यसबाट पाउने पोषण सुरुमा गर्भमा हुर्किरहेको बच्चाले पाउँछ । आमाले बच्चाबाट बचे को पोषण पाउँछिन्, त्यसैले उनलाई कमजोरी महसुस हुन्छ । त्यसैले आमा बन्नका लागि प्रतीक्षा गरिरहेका महि लाले असाध्यै पौष्टिक खाना खानुपर्छ ।
डेढ स्क्वायर फिटसम्म तन्किन्छ आमाको छाला ÷ एक महिलाको छालाको औसत आकार १७ स्क्वायर फिट हुन्छ धेरैजसो आमाको शरीरमा सधैंका लागि स्ट्रेच मार्क देख्न सकिन्छ । गर्भावस्थाका बेला यो १.५ स्क्वायर फिटबाट बढेर १८.५ हुने गर्छ । गर्भावस्थाको अन्तिम दिनमा आमा ले आफ्नो छाला अत्यधिक तन्किएको महसुस गर्छिन् ।
निद्रा नलाग्दा र तनावका कारण आमाको स्मरण शक्तिमा गहिरो असर ÷ गर्भावस्थाका बेला ८० प्रतिशत महिलाको स्मरण शक्तिमा अत्यधिक असर पर्छ । जर्नल अफ क्लिनि कल एन्ड एक्सपेरिमेन्टल न्यूरेसाइकोलोजीका अनुसार निद्रा नआउनु को कारण तनावका कारण हुने गर्छ ।बच्चा जन्मिएपछि यो पूर्ण रुपमा निको हुन केही महिनाको समय लाग्छ ।
आमा दैनिक बच्चामाथि १०–१५ प्रतिशत ऊर्जा खर्च गर्छिन् ÷ गर्भमा बच्चा हुर्काउनका लागि आमाले दैनिक ९००–१००० किलो जूल ऊर्जा खर्च गर्छिन् । यो करिब २१६–२४ ० फूड क्यालोरी अर्थात् खानाबाट पाउने क्यालो री बराबर हुन्छ ।गर्भवती नभएकी एक स्वस्थ महिलाला लाई १९०० देखि २००० क्यालोरीको आवश्यक पर्छ ।
बच्चाका लागि हड्डी भाँच्चिए सरहको पीडा पनि सहन्छिन् आमा ÷ बच्चालाई जन्माउँदा हुने पीडालाई १६ प्रतिशत महिलाले हड्डी भाँच्चिएको जस्तो र १५ प्रतिशत महिलाले अत्यधिक पीडादायी कम्मर दुखाईजस्तो बताउने गर्छन् । तर पनि जब डाक्टरले पीडा कम गर्नका लागि औषधीको विकल्प सुझाए तब ९ ९ प्रतिशत महिलाले सोधे, ‘यसले बच्चालाई त कुनै खतरा हुँदैन नि ? ’यस्तै, ८६ प्रतिशत महिलाले डाक्टरलाई यसो गर्दा बच्चा ढिला गरी जन्मने त होइन नि भनेर सोधे ।
छोरीहरु जन्मँदा नै आमा बन्न तयार भएर आउँछन् ÷ छोरी हरुको कोखमा जन्मँदा नै अण्डा हुन्छन् जबकी छोराहरुमा जन्मजात नै वीर्य हुँदैन । यही अण्डाले पछि गएर महिला लाई आमा बनाउँछ । महिलाले अधिकतम कतिसम्म बच्चा जन्माउन सक्छन् भनेर जन्मजात नै निश्चित हुन्छ । श्रोत:रातोपाटि