ताप्लेजुङ — यसअघि तिब्बतको रिउ बजारबाट खाद्य सामग्री ल्याउने ओलाङचुङगोला , याङ्माका बासिन्दा अहि ले सदरमुकाम फुङलिङबाट लगिरहेका छन् । यहाँबाट ओलाङचुङगोला हुँदै टिप्ताला भन्ज्याङ जोड्ने सडक इलाडाँडा पुगेकाले पनि राहत भएको हो ।गृह मन्त्रालयले चैत १६ गते ताप्लेजुङ, संखुवासभा र मुस्ताङ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी चीनबाट सहायता सामग्री ल्या उनका लागि आ–आफ्नो जिल्लाको उत्तरी नाका अस्थायी रूपमा खोलेको जानकारी गरायो ।
मन्त्रालयको पत्र अनुसार चीनसँग सिमाना जोडिएका जिल्लामा खाद्यान्नलगायत सामग्री ल्याउन तिब्बतबाट सहजता हुन थालेको छ ।सहजतापछि तिब्बतका व्यापारी ले सीमावर्ती क्षेत्रका नेपालीसँग समन्वय पनि गरे । तर ताप्लेजुङका बासिन्दाले भने सामग्री ल्याउन चासो दिएका छैनन् । सीमावर्ती क्षेत्रका बासिन्दा आफ्नो देशबाट सामान लैजाने र उपभोग गर्न प्रयासरत छन् ओलाङचुङगोलाका
छेतेन वालुङ सकेसम्म आफ्नै देशबाट सामान आयात गरेर उपभोग गरौं भनेर प्रयास गरिरहेको बताउँछन् । तिब्बत बाटन व्यवसायीले सामान चाहियो भने माग गर्नुहोस् सिमा नासम्म ल्याइदिन्छौं भनेका थिए,’ वालुङले भने, ‘गाउँले सँग छलफल गरें, धेरैले ताप्लेजुङवाटै ल्याऔं, पछि केही लागेन भनेमात्रै फेरि अनुरोध गरौंला भनेपछि छोडिदिएँ ।’
तिब्बतका व्यापारीले सिमानासम्म कन्टेनरमा ल्याएर सामान ल्याइदिने र उनीहरूलाई काठमाडौंमा वा कुनै माध्यमबाट सामानको पैसा दिनुपर्ने प्रस्ताव गरेका थिए । यसअघि नुन, तेललगायतका खाद्य सामग्री तिब्बतको रिउ बजारबाट ल्याउने ओलाङचुङगोला , याङ्माका बासिन्दा अहिले सदरमुकाम फुङलिङबाट लगिरहेका छन् ।
सदरमुकाम फुङलिङवाट ओलाङचुङगोला हुँदै द्विदेशीय सिमाना टिप्ताला भन्ज्याङ जोड्ने सडक इलाडाँडा पुगेका ले पनि राहत भएको ओलाङचुङगोलावासी बताउँछन् । पहिला खच्चडमा तीन/चार दिनमा मात्रै पुग्ने खाद्यान्न अहि ले एकै दिनमा पुग्न थालेको छ । सदरमुकामबाट एकै दिनमा इलाडाँडा र अर्को दिनमा खच्चडमा गोलामा खाद्या न्न पुग्छ । याङ्मा पुर्याउन भने यहाँबाट एक दिन बढी लाग्छ ।
अधिक चौंरीपालन भएको क्षेत्रमा सबैभन्दा समस्या नुनको थियो । अहिले नुन पनि नेपालको खुवाउन थालेको ओला ङचुङगोलाका नुपु शेर्पा बताउँछन् । ‘चीनको तुलनामा नेपालको नुन धेरै नै चर्को हुन्छ,’ उनले भने, ‘यसले बस्तुह रूको गर्भ तुहाउने सम्भावना बढी हुन्छ तर हामीले नेपाल को थोरै र तिब्बतको अलिक धेरै नुन मिसाएर प्रयोग गरिर हेका छौं । अब त बानी परिसकियो ।’ गर्भवतीबाहेकका चौंरी, याकलाई नेपालकै मात्र पनि खुवाउन थालेको उनले सुनाए ।
को’रो’ना संक्रमणअघिसम्म पशुचौपायालाई खुवाउने एक ढिका नुन पनि नेपालको प्रयोग हुँदैनथ्यो । नाका खुल्दा सम्म सबैभन्दा धेरै प्रयोग हुने दूध पाउडरचाहिँ प्रयोग नै हुन छाडेको डोङ्गा शेर्पाले बताइन् । पाउडरको दूधमा चिया बनाउने यहाँका बासिन्दा अहिले चौंरीको दूधमा र नभए रातो चिया पिउन थालेका छन् ।
टिप्ताला भन्ज्याङ नाका गत वर्षको मंसिर अन्तिमदेखि नै बन्द छ । चीनमा को’रो’ना संक्रमण देखिएपछि तिब्बतले एकतर्फी बन्द गरेको नाका अहिलेसम्म खुलेको छैन । तर गत वर्ष लकडाउन भएपछि एकपटक चीनले चामल, नुन, तेललगायतका खाद्य सामग्री र मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्री ल्याइदिएको थियो ।
सिमानासम्म ल्याएको सामान ओलाङचुङगोलाका बासि न्दाले एक महिनापछि गएर चौंरीलाई बोकाएर ल्याएका थिए । ढुवानीका कारण नअहिले पनि चीनको तुलनामा ताप्लेजुङ बजारमा खरि द गरेको सामान केही महँगो पर्ने सीमा क्षेत्रका बासिन्दा बताउँछन् । ओलाङचुङगोलाको तुलनामा याङ्माका बासिन्दालाई महँगो पर्ने गरेको छ । ओलाङचुङगोलाबाट याङमा पूरै एक दिनको पैदल दूरीमा छ ।
तिब्बतमा खरिद गरेको सामान सिमानासम्म आउने र त्यहाँबाट एक दिनमा चौंरीलाई बोकाएर ल्याउन सकिने भएकाले ढुवानी सस्तो पर्ने छेतेन बताउँछन् । प्रायः सबैको आ–आफ्नै चौंरी भएकाले आफ्नैलाई बोकाउँदा राहत हुने गरेको थियो । अहिले इलाडाँडाबाट ओलाङचुङसम्मको भाडा खच्चडले २५ रुपैयाँ किलो लिने गरेको छ ।श्रोत:कान्तिपुर