काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाले बढेको हो ।सोमबार तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबा र भइरहेको छ ।
यो पनि! प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आ ज देशभ र आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित) , आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा , भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान सहित भोजन गरा ई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थ मा ‘ जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा राम चन्द्र गौतमले बताउनुभयो ।
सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले। जीवित। आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।श्रोत:news24nepal