सिसडोल(नुवाकोट) गत फागुनमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडा ल्यान्डफि ल साइटमा दिएको अभिव्यक्तिप्रति स्थानीय विष्णुप्रसाद उप्रेती आक्रोशित छन् ।
मन्त्री झाँक्रीले ‘बन्चरे डाँडा ल्यान्डफिल नजिकै कुनै गाउँ पनि छैन; केही पनि छैन; मानिस बस्ने ठाउँ पनि छैन’ भनेपछि झाँ क्रीसँग उप्रेतीलगायत सिसडोल र बन्चरेडाँडावासी आक्रोशित छन् ।
झाँक्रीको निर्देशनमा ‘प्रहरीलाई दमन गर्न लगाएर’ बन्चरेडाँडामा फोहोर विसर्जन गरिएको भन्दै स्थानीयवासी कतै सिसडोलको हालत
बन्चरेमा पनि दोहोरिने त हैन भन्दै चिन्तामा छन् ।पटक पटक सहमति गरे पनि कार्यान्वयन नगरेको र यसपटक भने ‘वार कि पार’ गर्ने भन्दै उनीहरूले फोहोर विसर्जन गर्न दिइरहेका छैनन् ।
कुहिने र नकुहिने फोहोर नछुट्याई सिधै बन्चरेडाँडामा फोहोर विसर्जन गरिएको भन्दै उनीहरू आक्रोशित छन् ।
गत जेठ २४ गते बन्चरेडाँडामा प्रहरी खटाएर १५७ ट्रक फोहोर विसर्जन गरे पनि फोहोरलाई व्यवस्थित रुपमा विसर्जन नगरि एको भन्दै सिसडोलवासी आन्दोलित भएका हुन् ।
बिहीबार पनि उनीहरू ढुंगा बोकेर बन्चरेडाँडा वरिपारिका डाँडामा दिनभर बसे । ‘हामीसँग गोलीगठ्ठा नभएकाले प्रहरी ले घरघरमा आएर दमन गर्छ त हामी के गर्नु ?
हामी पनि त्यसको प्रतिकारमा ढुंगा बोकेर उत्रिएका हौं,’ उप्रेतीले भने ।