ताजा समाचार

ज्वाला सङग्रौला सहित यि नेताले पाए यति ठुलो जिम्मेवारी!

ज्वाला सहित यि नेताले पाए यति ठुलो जिम्मेवारी!काठ माडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले थप ४ वटा विभागमा नेतृत्व मनोनित गरेका छन्

पार्टीको विधान बमोजिम उनले स्थानीय तह परिचालन विभागमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनित गरेका छन् यस्तै उनले महिला विभाग प्रमुखमा महामन्त्री मा कुन्ती

कुमारी शाहीलाई मनोनित गरेका छन् ।यस्तै प्रमुख केन्द्रीय सदस्य डा राजेश गिरी शिक्षा विभागमा र ज्वाला संग्रौला सामाजिक विभाग प्रमुखमा मनोनित भएका पार्टी प्रवक्ता

मोहन  श्रेष्ठले बताएका छन् ।यसैगरी पार्टीको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सल्लाह कार समितिका अध्यक्ष निरन्जन थापाको संयोकत्व मा

गठित विवाद समाधान तथा छानविन समितिलाई पूर्णता दिइएको छ ।समितिमा महामन्त्री प्रल्हाद प्रसाद शाह सदस्य सचिव र ऋषि वावु परियार, अनि केन्द्रीय सदस्य

सरस्वती केसी अधिकारी र वरिष्ठ अधिवक्ता राजु वस्नेत सदस्य रहेका छन् ।यसअघि राप्रपा अध्यक्ष लिङ्देनले महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा

मनोनित गरेका थिए । अर्का महामन्त्री भुवनकुमार पाठक लाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा र उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुखमा नियुक्त

गरेका थिए यस्तै गरि अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका थिए । राप्रपाले नजिकिँदो

प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर विभिन्न कार्यक्रम गरिरहेको छ ।अब हेर्नुस को कसले पाए त जिम्मेवारी।।

Facebook Comments Box