काठमाडौंको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति (सहमतिपत्रसहित)काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा
१८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो ।सहमतिअनुसार शुक्रबारदेखि फोहोरबिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनि एको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति
भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा
नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर
सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।