माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्ध नसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।
मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुर को महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेद वारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे ।
यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विग तको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।
सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए ।
एक छिन अलमलिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।