दु:खद खबर सामाचार

सागमा स्वर्ण विजेता सञ्जु ललितपुरमा मृ’त फेला

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृ त अवस्थामा भेटिएकी छिन् ।एसियाली खेलकुद को तयारीका क्रममा रहेकी सञ्जु

ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।उनी बिहान ५ः३० बजे मृ त अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए ।

शाहले सञ्जु सुतेको ढोका भित्रबाट चु क्कुल लगाइएको र झ्यालमा ग्रि ल लगाइएको अवस्था मा भेटिएको र प्रारम्भिक अनुसन्धानले आ त्म ह त्या देखिने उनले बताए ।

सञ्जु केही समयअघि देखि प्रशिक्षक सञ्जय महर्जनको घर  मा बस्दै आएकी थिइन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिस रचेकी थिइन्।पोखरा माटेपानीस्थित एसआर केसी बैंक्युटमा भएको प्रतियोगितामा सञ्जुले

स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन्।

Facebook Comments Box