काठमाडौं भिडिओ समाचारको अन्त्यमा छ हेर्नुस!!काठमाडौं, वैशाख १६ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठ माडौं महानगरपालिकाको प्रमुख
पदमा उम्मेद्वारी दिनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मदनदास श्रेष्ठले शुक्रबार प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।काठमाडौंमा आयोजित कार्यक्रममा निर्वाचन
सम्बन्धित प्रतिब द्धता पत्र सार्वजनिक गर्नुहुँदै श्रेष्ठले भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो। नगर हुँदै राष्ट्र निर्माणमा एक हुन्छौं, सबैको
भावनालाई समेट्दै पार्टीको उद्देश्य सफल पार्न अघि बढे को बताउनुभयो। यसका लागि साम, दाम, दण्ड भेदको प्रयोग गरेर विचलित पार्न सक्ने जोखिम भएकोप्रति उहाँले
पार्टीपंक्तिको ध्यानाकर्षण गराउनुभयो।राजनीतिक फोहोरी नभएर राजनीति गर्ने मान्छेले यसलाई नै फोहोर बनाएको उहाँको भनाइ छ। ‘साधारण मान्छे कसरी चुनाव लड्नुहुन्छ
भन्नुुहुन्छ, भ्रष्टाचार भनेको आमाको रगत खानुसरह हो भनेर अध्यक्षले भन्नुभाछ’, उहाँले भन्नुभयो।काठमाडौंमा पछिल्लो समयमै फोहोर उठ्न नसक्ने समस्या बढिरहेको र
यी समस्याको समाधान हुनुपर्ने उहाँको भनाइ छ। ऐतिहा सिक, धार्मिक तथा सांस्कृतिक काठमाडौं नगरलाई हरा भरा, स्वच्छ बनाइने विषय प्रतिबद्धता पत्रमा उल्लेख छ।
काठमाडौं कुरुप सहरको परिणत भएको अवस्थामा आधु निक प्रविधि जोड्दै संस्कृति र सभ्यतालाई पुर्नस्थापित गर्ने, राजधा नीलाई फोहोरमैलामुक्त र प्रदूषणमुक्त बनाउने,
ट्राफिकसमस्या ६ महिनाभित्र समाधान गर्ने, अनावश्यक करहरु हटाउने, मठ मन्दिर, पार्टीपौवा, पर्व, जात्रा, गुठी आदिको संरक्षण गर्ने प्रतिवद्धता उहाँको छ।यसैगरी, ज्येष्ठ
नागरिक भत्ता, स्वास्थ्य परीक्षण, स्वास्थ्य चौ की स्थापना, निम्नि आय भएका सुत्केरीलाई तीन महिनासम्म भत्ता, सार्वजनिक स्थानको शौचालय व्यवस्थित बनाउने विषय
प्रतिबद्धता पत्रमा उल्लेख छ।को हुन् मदनदास श्रेष्ठ ?वि.सं. २००५ वैशाख १५ गते जन्म लिनुभएका मदनदास श्रेष्ठ वरिष्ठ कलाकार पनि हुनुहुन्छ। २०२१ सालदेखि काठ
माडौंमा कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको थियो। रङ्ग मञ्च र चल चित्र क्षेत्रमा रहँदा कुनै पनि पार्टीसँग आबद्ध नरहे पनि राप्रपा सँग उहाँको व्यक्तिगत निकटता र आस्था
थियो।उहाँ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको पूर्वकेन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ। यसअघि राष्ट्रिय चलचित्र कलाकार सङ्घको महासचिव कालिन्चोक
युवा क्लबको सचिवको अनुभव उहाँसँग छ।दोलखा गुठी को सचिव पदमा रहेर काम गर्नुभएको उहाँले विशेषगरी, शैक्षिक क्षेत्रको योगदानमा जोड दिँदै आउनुभए को छ।उहाँ विभिन्न विद्यालय र क्याम्पसको सञ्चालक समितिको सदस्यमा हुनुहुन्छ