मनोरंजन

भुवनलाई युजर्सको व्यंग्यात्मक प्रश्न– ‘कोको केसी र अनमोल एउटै आमाका छोरा हुन् त ?

काठमाडौंँ ।देशमा यतिबेला कोभिड–१९को नयाँ भेरियन्ट ले हाहाकार  मच्चाएको  छ । अचेल  दैनिक  ८ हजार बढी ब्यक्तिमा को’रो’ना संक्रमण  पुष्टि भैरहेको छ । संक्रमितको संख्या दिन  प्रतिदिन बढ्दो छ । सर्वसाधारण अक्सिजन र अस्पतालको  बेड  नपाएर  छटपटाइरहेको   देख्न  र  सुन्न सकिन्छ ।

सदाबहार   अभिनेता   भुवन   केसी   भने यतिबेला घरको कुकुरको  जन्मदिन  मनाएर  बसेका   छन् ।   जसको नाम कोक  रहेको छ । भुवनले सामाजिक सञ्जालमा कोकोको केक सहितको  तस्बिर  शेयर गर्दै दिएको जन्मदिनको शुभ कामना समेत दिएका छन् ।

भुवनले  तस्बिरका  साथ लेखेका छन् ‘ह्यापी बर्थ डे कोको केसी । भुवनको  उक्त पोष्टलाई केहीले शेयर, धेरैले लाइक कमेन्ट गरेका  छन् । कमेन्टमा केहीले कोकोलाई जन्मदिन को शुभकामना दिएका छन् त केहीले उक्त पोष्टको खिल्ली उडाउदै बिभिन्न  पोष्ट गरेका छन् । युजर्सले त ‘हापी बर्थ डे भुवन अंकल’ समेत भनेर कमेन्ट गरेका छन् ।

शेखर बिष्ट  नामका  एक सामाजिक प्रयोगकर्ताले केसीको पोष्टमा  कमेन्ट  गरेका छन्  ‘जन्मिनु पर्छ दुनियाँ देखिन्छ । बरु  कुकुरको  लागि  केक  किन्ने  पैसाले  महामारीमा एक छाक खाना  खान नपाएको मान्छेलाई खाना खुवाइदिएको भए खुसी त हुन्थ्यो ।’

अर्काे एक जीवन युजर्सले लेखेका छन्– ‘कुकुरको जन्मदि नमा  हजारौं  पैसा  खर्च गर्नुभन्दा को’रो’नाले दुःख पाएका गरिब  जनतालाई  एक  मुठी  चामल सहयोग गरेको भए । तर आफ्नो  आफ्नो  शोक  हो ।  जन्मदिनको  शुभकामना व्यक्त गर्दछु ।’पेशल  खतिवडा नामक एक युजर्सले अभिने ता अनमोल  केसी  र कोको केसी एउटै आमाका छोरा हुन् त भनेर समेत प्रश्न गरेका छन् ।

उनले लेखेका  छन्  ‘कोको  केसी   र अनमोल  केसी एउटै आमाका  छोरा  हुन् त ?।  तर्कराज कार्की नामक युजर्सले लेखेका  छन्  ‘तिम्रो  छोरालाई  जन्मदिनको शुभकामना । कोको भुवनले घरमा पालेको कुकुरको नाम हो ।श्रोत:रातोपाटि

Facebook Comments Box