प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्मा अस्वीकृत भएकोओलीले राखेको प्रस्तावको पक्षमा९३जना सांसदले मतदान गरेका थिए।
विपक्षमा१२४प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्ट राई) समूहका सांसदले मत दिएका छन्।तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए ।एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुप स्थित रहेका छन्।
यो पनि,,प्रधानमन्त्रीबाहेक सबै सांसदले विश्वासको प्रस्तावको विपक्षमा भोट हाल्नुस् : दाहाल
‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको विश्वासको मतको विपक्षमा भोट हाल्न सांसदहरूलाई आग्रह गरेका छन् ।प्रतिनिधि सभाको सोमबार को बैठकमा बोल्दै दाहालले भने, ‘प्रधान मन्त्रीले सबैलाई आफ्नो पक्षमा भोट हाल्न भन्नुभयो
‘तर म भन्छु प्रधानमन्त्रीबाहेक सबै सांसदले विश्वासको प्रस्तावको विपक्षमा भोट हाल्नुस्।’दाहालले प्रतिनिधिसभा अर्को सरकार गठन गर्न सक्षम रहेको भन्दै अन्यथा नसोच्न पनि आग्रह गरेका छन्। उनले संविधानको हुर्मत लिने काम कसैले गर्न नहुने धारणा राखेका थिए।
‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुँदैन भन्ने विश्वास भएकाले नै आइतबार संवैधानिक परिषद्को बैठक बसेर विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको दाहालको भनाइ थियो।
‘प्रधानमन्त्री ओलीमा सकेसम्म पहिल्लै संवैधानिक निका यमा कब्जा गरौं भन्ने लागेर नै विश्वासको मत लिनु पहिला नै नियुक्ति सिफारिस रहेको दाहालले बताए।प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसभा बैठकमा छलफल भइरहेको छ।
‘बैठकमा नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद अनुपस्थित रहेका छन्। प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री को विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
‘त्यस्तै, माओवादीले पनि त्यस्तै निर्णय गरेको छ। जसपाले भने तटस्थ बस्ने निर्णय गरेको छ।कान्तिपुर।