राजनीतिक

संसद् वि’घ’टन गरेर चुनाव घो’ष’णा गर्दैमा लोकतन्त्रको ह’त्या हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री  केपी  शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको   बैठकमा  उठेको   प्रश्नको  जवाफ  दिँदै प्रधानमन्त्री ओलीले संसद् वि’घटन गरेर चुनाव घोषणा गर्ने काम  यसअघि  पनि  हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।

देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको  बीचमा  फरक हुन्छ । त्यस्तो  अवस्थामा  चुनावमा जाँदा  लोकतन्त्र  खत्तम  हुँदैन ।  बोरिस  जोन्सनले अस्ति भर्खर चुनाव  गराउनु भयो । संसद विघटन भयो । बेलायत मा कसैले पनि लोकतन्त्र समाप्त भयो,

बोरिस  जोन्सनले  हाम्रो  लोकतन्त्रको ह’त्या  गरे भनेर रुँदै कराउँदै  हिँडेनन् । चुनावमा  गए, फेरि  चुनावबाट छानिएर आए ।’ढिलोमा डेढ  वर्षमा  चुनाव  हुनु नै  छ । के संसदले त्यसो गर्दा  लोकतन्त्रको ह’त्या हुन्छ ? यसभन्दा अघि पनि थुप्रै पटक भएका छन् ।’

माओवादी  केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै लोकत न्त्रविरुद्ध  आन्दोलन गर्नेहरुले लोकतन्त्रको तरफदारी गर्दा गरेको  देख्दा  आफूलाई  खुसी  लागेको  ओलीले बताए । त्यस्तै, संसदमा   नेताहरुले  संसदले  विश्वासको  मत  दिन दिँदैन  भन्दा  आफूलाई  पनि  त्यस्तो  लाग्न थालेको उनले जिकिर गरे ।

यो पनि!  प्रधानमन्त्री  केपी शर्मा ओलीले जनता समाजवा दी पार्टीका  अध्यक्ष  उपेन्द्र यादवको  प्रश्न  जवाफ दिएका छन् । यादवले  मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव  साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका  थिए । अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ ।

मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप  झरेका  हुन्  भन्नुहुन्थ्यो  के  अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ  तपाईं  भन्ने ओलीलाई यादवको प्रश्न थियो यसको  जवाफमा  ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रस्टिकरण  दिए ।  उनले  भने,  मैले   मानव   साङ्लोलाई माखे साङ्लो भनेको भनेर उदुम मच्चाइयो ।

मैले  माखाको साङ्लो भनेको होइन । जटिल भयो भनेको हो ।’यस्तै  ओलीले  आन्दोलनकारी  मारिँदा  एक दुई आँप झरेको  नभएको  पनि  दाबी गरे । ‘ अन्य प्रसंगमा आँपको रुखबाट एक दुई वटा आप झर्दा रुख नै सकिँदैन न भनेको हो’ ओलीले भने ।श्रोत:रातोपाटि

Facebook Comments Box