राजनीतिक

प्रधानमन्त्री केपि ओलिलाइ राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न दाहालको सुझाब

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै दाहालले उक्त सुझाव दिएका हुन्।

‘अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिन चाहन्छु,’ दाहालले भने।प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै गर्दा आफूलाई सन्तुष्टि महसुस नभएको दाहालको भनाइ थियो।दाहालले अहिले संविधानलाई कोरोना लागेको जस्तो भएको र त्यसको जिम्मेवार ओली रहेको पनि बताए।

यो पनि! प्रमुख  प्रतिपक्ष  कांग्रेसका  सभापति  शेरबहादुर देउवाले  आफू  निकटका  व्यापारिक  घरानालाई पोस्नका लागि  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  नेपाली जनताको जीवन  दाउमा  लगाएको बताएका छन् ।प्रधानमन्त्री ओली ले विश्वासको  मत आफूला ई रहेको प्रस्ताव प्रतिधिसभामा पेस गरेपछि बोल्दै  देउवाले को’रोना  भाइरस  नियन्त्रणका लागि  ल्याएको औ’षधि  र  खोपमा  भएको  भ्रष्टाचारलाई लिएर प्रश्न उठाएका हुन्।’

जनताका  लागि  अक्सिजन  व्यवस्था  गर्न  नसक्ने प्रधान मन्त्रीले  भाषणमा   आत्मरतिमा  रमाउने?,’  देउवाको प्रश्न थियो। उनले  गत  वर्ष  स्यानीटाइजर  र  पीपीई   खरिदमा भ्रष्टाचार  भएको र अहिले को’रोना भाइरसविरुद्धको खोप मा कमिसनको खेल भएको बताए।प्रधानमन्त्री ओली भ्रष्टा चार नियन्त्रणमा   चासो नराखेको भन्दै देउवाले भने व्यापा रिक  घरानाला ई पोस्न  नेपाली  जनताको  जीवन  दाउमा लगाउनुभयो।’

जनताका   लागि  अक्सिनको  व्यवस्था गर्न नसक्ने प्रधान मन्त्रीले स बै कुरा  ठीक छ  भन्नु नसुहाउने देउवाको भनाइ थियो।  उनले  प्रधानमन्त्री  आत्मरतिमा  रमाइरहेको   पनि आरोप लगाएका  छन्।को’रोनाको  दोस्रो  लहर आइसकेप छि निर्माण  पूरा  नभइसकेको  धरहरा  उद्घाटन गर्न प्रधान मन्त्रीले नै भीड जम्मा गरेको देउवाको भनाइ थियो।श्रोत:कान्तिपुर

Facebook Comments Box