ताजा समाचार

प्रधानमन्त्रीलाई’ देउवाको प्रश्न– विश्वासको’ मत लिनुपर्ने अवस्था’ कसरी आयो ?

काठमाडौं । नेपाली  काँग्रेसका सभापति शेरबहादुर देउवा ले प्रधानमन्त्री केपी  शर्मा ओलीलाई विश्वासको मत लिनुप र्ने अवस्था कसरी  आयो भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्री ले प्रस्ताव गरेको  विश्वासको  मतमाथिको छलफलमा भाग लिँदै  प्रमुख प्रतिपक्षी  दलका  नेता  देउवाले जनताले वाम गठबन्धनलाई  झण्डै  दुई  तिहाई  मत  दिएको उल्लेख गर्दै तीन वर्षमै  विश्वासको  मत  लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरे ।

उनले  वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप पनि  लगाए ।  उनले  प्रधानमन्त्री  ओलीलाई   प्रश्न गरे– यो  अवस्था  तपाईले  सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र  भ्रष्टाचारका कारण होइन ? उनले  को’रो नाविरुद्धको  खोपमा  भ्रष्टाचार  भएको,  व्यापारिक घराना लाई  पोस्नका  लागि  नेपाली  जनताको ज्या न जोखिममा पारिएको आरोपसमेत लगाए ।

यो पनि!”   काठमाडौं ।  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले आफूलाई विश्वासको  मत  प्राप्त  हुने  विश्वास व्यक्त गरेका छन् ।  उनले सरकारले  ३ वर्ष बढीको अवधिमा जनताको पक्षमा  धेरै  काम  गरेको  भन्दै  अब  पनि  यही  सरकारले निरन्तरता  पाउने  विश्वास  गरे । उनले  भने,  ‘मैले विश्वास लिएको छु

कि  मान्यज्यूहरुले  हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही  गर्न  सक्नुहुन्छ  सभामुख  महोदय ?’ । उनले त्यसो  भन्दा  एमाले  सांसदले  टेबुल  ठटाउँदै हुटिङ गरेका थिए । ‘बाहिरबाट आउँदा अली दिन फोन नगर्दा फोन पनि गर्दैन  प्रधानमन्त्रीले  भन्ने  असन्तुष्टि  थियो  कि ? त्यो पनि छाडिदिनुस् ।

म  काममै  लागेर  त्यस्तो भएको हो। मेरो कसैप्रति पूर्वाग्रह छैन। ’उनले   यही  सदनले   आफूलाई  निर्वाचित गरेको र ३ वर्षभन्दा   बढी   समय  प्रधानमन्त्रीको  हैसियतले सदन मा उभिएको  भन्दै  यही  सदनको  बलले आफू रहन्छु भन्ने लागेको बताए ।  उनले  सदनप्रति  आफ्नो  विश्वास रहेको पनि बताए ।श्रोत :रातोपाटि

Facebook Comments Box