चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२ अनिश्चि तकालका लागि बन्द भएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।
कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो अधि कारिक पेजमा ले खेको छ ‘अहिलेलाई हाम्रो छा याँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’आयोजकले सबैलाई सुरक्षित बस्न र आफु र आफन्तको ख्याल राख्न अनुरोध गरेको छ ।
यो पनि! । नेपाली सिनेमा कल्चर भनेको थियटर कल्चर हो भएको कलाकर्मीले बताएका छन् । राजधानीमा केही दिनदेखि अनलाइनको माध्यमबाट जारी चौथो संस्करणको निफमा ‘ नेपाली चलचित्र बिषयक’ अन्तरक्रियामा बोल्ने क्रममा कलाकर्मीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमा कल्चर भनेको थियटर कल्चर भएको बताए । सिनेमाको प्रारम्भिक बजार भनेको हल नै भएकोले थिए टर फिल्मका लागि अपरिहार्य भएको उनको भनाई रहेको थियो । ‘नेपालको थियटरको अवस्थाको कुरा गर्नु पर्दा जय नेपाल हल बन्द भयो, कुमारी हल बन्द हुने अवस्था छ ।
२२ वटा सिनेमा हलहरु बन्द भएको अवस्था हो’ शर्माले भने ‘ मल्टीपेल्सहरु पनि भाडा नै सञ्चालन भएको हुँदा टिक्ने अवस्था न्युन रहेको छ ।’ चलचित्र निर्माता अर्जुन कुमारले को’रो’नाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हल बाहेक अन्य विकल्प खोज्नुपर्ने बताए । नेट टिभीका सञ्चालक मनोज अग्रवालले कोरोनाको महा मारीलाई चलचित्र जगतले अवसरमा बदल्न सक्ने बताए । उनले चलचित्रलाई रेभीन्यू शेयरिङका डिजिटल प्लेटर्फम मार्फत बाहिर ल्याउनुपर्ने धारण राखेका थिए ।
नेटफिलिक्स, एमाजोनको उदारण दिनै अब डिजिटल प्रविधिबाट नेपाली चलचित्र रिलिज गर्न उनले सुझाए ।अभिनेत्री रेखा थापाले डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भएपनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा सबैलाई उपयुक्त नहुने बताइन् । नेपाली चलचित्र हल मा नै हेर्दा रमाइलो हुने उनको भनाई रहेको थियो। श्रोत:रातोपाटि