ताजा समाचार

भारतकै पत्रकारले पत्ता लगाए लिम्पियाधुरा नेपालकै भएको प्रमाण, विश्व नै अचम्मित !

काठमाडौ । कालापानी, लिपुलेक र लिम्पिया धुरा नेपालको हो भन्ने सबैलाई थाहाँ भैसक्यो ।यी भूमिहरुमा भारतले जबरज स्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेर्न छोडेको छ ।

यो बीचमा नेपाल पनि एक्सनमा आएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको खुलासा गर्नुभएको छ ।

भारतीय चर्चित टेलिभिजन आजतक अन्तर्गत को रेडियोसँग शुक्रबार भएको संवाद उहाँले यस्तो बताउनु भएको हो । भारतीय अतिक्र मणमा परेको लिम्पियाधुरा, लिपुलेक र काला पानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतक मार्फत सार्वजनिक गर्नुभएको हो ।

उहाँले यो विषयलाई दुवै देशले वार्ता गरेर समधा न गर्न सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नु भयो, कालापानी नेपालको हिस्सा हो ।

सन् १९६२ मा चीनसँग यु–द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो । तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’

कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उहाँले खुलासा गर्नुभएको छ ।

दुवै देशका सरकारले यसको समाधानका लागि वास्ता नगरेको भन्दै वार्तामा बसेर यसको समाधान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ यो मात्रै होईन भारतले आफ्नो रवैया सुधार नगरे नेपाल कतै ढल्किन सक्ने दावा पनि गर्नुभएको छ ।

उहाँका अनुसार अहिले भारत नेपाल चीनतर्फ ढल्किरहेको अनुमान गरिरहेको छ । उहाँले भारतको रवैया यस्तै रहेमा नेपाल सहयोगका लागि चीनतर्फ ढल्किन सक्ने कुरामा उहाँले आशंका व्यक्त गर्नुभयो ।

भारतीय विज्ञहरुले पनि वार्ताबाट तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं आएका छन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

३४ वर्षे सुवासका लागि आफू उत्कृष्ट भएको प्रमाणित गर्ने अमेरिका भ्रमण अन्तिम अवसर हुनसक्छ ।

ह्युस्टन, अमेरिका — ‘सबै लेखेकै कुरा हुन्छ, त्यही नै भएको होला । अमेरिकाको विषयमा चाहिँ म अलिक भाग्यमानी नै छु,’ सुवास खकुरेल अमेरिका आएपछि भन्दै थिए । बन्द प्रशिक्षणमै नभएका विकेटकिपर–ब्याटर सुवासलाई नेपालले अमेरिका झिकाएको हो ।

अमेरिका आइसकेका ओपनिङ ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेल सुरुवाति दिनमै घाइते भएपछि सुवासले अमेरिका आउने मौका पाएका हुन् । उनै सुवासले ओमानसँग ह्युस्टनमा बिहीबार आईसीसी विश्वकप क्रिकेट लिग–२ मा खेल्ने लगभग निश्चित छ ।

आइतबार बिहान साढे ९ बजे टिम व्यवस्थापनका तर्फबाट प्रशिक्षक पुबुदु दासानायके र नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दासले सुवासलाई अमेरिका आउन पर्नेसक्ने सूचना दिएका थिए । त्यसको केही समयपछि प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सुवासलाई तिमी र अर्का विकेटकिपर ब्याटर दीलिप नाथमध्ये एकजना घाइते आसिफ र कुशलको विकल्पमा अमेरिका जानुपर्ने जानकारी गराएका थिए ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले दिउसो १२ बजेपछि सुवास नै अमेरिका जाने भएको उनलाई निश्चित गरेका थिए । कोभिड पीसीआर गर्दा साँझको ५ बजिसकेको थियो भने बेलुका राति साढे २ बजे उडेर २१ घन्टा लामो हवाई यात्राबाट सुवास सोमबार साँझ ह्युस्टन आइपुगेका थिए ।

मंगलबार दिउँसो प्रशिक्षणका लागि मोसा क्रिकेट मैदानमा पुग्दा सुवास हवाई यात्राबाट निकै थकित देखिन्थे । उनले सुरुमै नेट्समा लामो समय बिताएका थिए । सुवास र सुनिल धमलाले ओमानसँगको खेलमा ओपनिङ गर्ने लगभग निश्चित देखिएको छ । सुवास नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी होइनन् । तर बन्द प्रशिक्षणमा रहेको नेपालीसँग उनले केही अभ्यास खेलेका थिए । अमेरिकाको भिसा रहेका कारण पनि उनी भाग्यमानी हुन पुगे ।

बन्द प्रशिक्षणमा नरहे पनि सुवास नेपाली टोलीमा छिरेको यो तेस्रो पटक हो । सन २०१० मा दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टोलीको प्रारम्भ सूचीमा नरहे पनि सुवासले बंगलादेशको यात्रा गर्ने मौका पाएका थिए । २०११ एसीसी ट्वान्टी २० कपमा पनि यस्तै नै भयो । बन्द प्रशिक्षणमा नरहेका उनले घरेलु भूमिका भएको यो प्रतियोगिता खेल्दै राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । संयोगले नेपाली टोलीको प्रशिक्षकको रूपमा दासानायकेको पनि यो पहिलो प्रतियोगिता थियो ।

अमेरिकासँगको सम्बन्ध

अमेरिकासँगको खेलमा स्वभाविक जोडिएर आउने नाम हुन् सुवास । नेपालले अमेरिकासँग १५ मध्ये ८ खेल जितेको छ, त्यसमा ३ खेलमा सुवासले ठूलो भूमिका खेलेका छन् । सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन–४ मा सुवासले अमेरिकासँग मलेसियामा खेलेको १ सय १५ रनको इनिङ्स नेपाली खेलाडीको ५० ओभरको खेलमा दोस्रो संयुक्त व्यक्तिगत उच्च स्कोर हो ।

त्यही प्रतियोगिताको फाइनलमा नेपालले अमेरिकामाथि ८ विकेटको विजय हात पार्दा सुवासले अविजित ४० रन बनाएका थिए । २०१४ को डिभिजन ३ मा पनि उनको अविजित ४९ रनमा नेपालले अमेरिकामाथि डकवर्थ लुइस पद्धतिमा १० रनको विजय हात पार्‍यो ।

२०१० मा काठमाडौंमा भएको डिभिजन ५ मा नेपाल र अमेरिका त्रिवि क्रिकेट मैदानमा आमने–सामने भएका थिए । सुवास त्यतिखेर पनि नेपाली टोलीमा थिएनन् । तर अमेरिकासँगको अभ्यास खेलमा काठमाडौंका खेलाडी जम्मा गरेर बनाइएको टोलीबाट सुवासले अमेरिकाविरुद्ध अर्धशतक बनाएपछि नेपाली टोलीमा उनको ढोका खुलेको थिए ।

२०२० मा पछिल्लो पटक अमेरिका लिग–२ का लागि नेपाल र ओमानसँग खेल्न काठमाडौं आएको थियो । सुवास १४ सदस्यीय अन्तिम टोलीमा अटाएनन् । वैकल्पिकमै खुम्चिएका उनले अमेरिकासँग मूलपानी मैदानमा भएको अभ्यास खेलमा अर्धशतक बनाइदिए । पहिलो खेलमा शरद भेषावकर घाइते भएपछि शृंखलाको बाँकी खेलका लागि सुवासलाई नेपाली टोलीमा राखिएको थियो । तीन खेलमा मौका पाए पनि उनले खासै प्रदर्शन देखाउन सकेनन् । चोटसँग संघर्षरत सुवासत्यसयता पहिलो पटक नेपाली टोलीमा परेका हुन् ।

घरेलु मैदानमा २०१० मा भएको डिभिजन ५ को १४ सदस्यीय अन्तिम टोलीमा नपरेपछि सुवासले समाजिक सञ्जालमा आफू नै उत्कृष्ट भएको भनी पोस्ट गरेका थिए । ३४ वर्षे सुवासका लागि आफू उत्कृष्ट भएको प्रमाणित गर्ने अमेरिका भ्रमण अन्तिम अवसर हुनसक्छ ।

अनुदानको धानको बीउ ६ रुपैयाँ महँगोमा बिक्री

३९ रुपैयाँमा खरिद गरेको बीउ ४५ मा बेचेपछि किसान आक्रोशित

पाल्पाको रामपुर नगरपालिका–३, दर्छामा धानको ब्याड राख्दै किसान । तस्बिर : माधव अर्याल/कान्तिपुर  पाल्पा — सं घीय सरकारले रामपुर नगरपालिकामार्फत् उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले भने ६ रुपैयाँ महँगोमा बिक्री गरेको छ । ३९ रुपैयाँ किलो (५० प्रतिशत अनुदान) मा बिक्री गर्नुपर्ने बीउ रामपुर नगरपालिका–३, स्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले ४५ रुपैयाँ किलोमा बिक्री गरेको हो ।

सरकारले अनुदानमा उपलब्ध गराएको बीउ सहकारीले बढी मूल्य लिएर बिक्री गरेको दर्छा, कुमालढिकका किसान हेमबहादुर थापाले बताए । ‘३५ किलो धानको बीउ १ हजार ५ सय ७५ रुपैयाँ तिरेर किनेको छु,’ उनले भने, ‘किसानले त सहकारीले जति भन्यो उति पैसा तिरिएको छ । उनीहरुकै मूल्य बढी परेको होला भन्ने लाग्यो होइन रहेछ ।’ गाउँका किसानला ई यस्ता विषयमा ठगी भएको थाहा नहुने उनले बताए । सहका रीले सावित्री, सावा मन्सुली जातको बीउ बिक्री गरेको छ । सहकारीबाट किसानले बीउ लगे पनि उनीहरुलाई खरिद मूल्य भने थाहा थिएन ।

सहकारीले ढुवानी, भण्डारण, जनशक्ति परिचालन भनेर बढी मूल्य लिएको जनाएको छ । बेझाडबाट सहकारीसम्म पुग्न ५ किलोमिटर पनि पर्दैन । ३९ मा खरिद गरेर ४२ जति खर्च नै भएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताए । ‘३९ मा खरिद गरेर ४५ का दरले बिक्री गरेको हो,’ उनले भने, ‘४२ जति संस्थाकै खर्च हुने भयो तीन रुपैयाँ फिर्ता गर्न समस्या भएकाले ४५ मा बिक्री गरेको हो ।’ सहकारीलाई नगरपालिकामार्फत् ५ हजार ५ सय ९५ किलो धानको बीउ उपलब्ध गराएको थियो ।

बीउ बिक्री हुने नहुने जोखिम पनि सहकारीकै भएकाले पनि केही रकम बढी लिएर बिक्री गरेको उनले बताए । सावित्री जातको धान मागेको जति आएको र सावा भने पुरै नआएको उनले बताए । किसानले सहकारीले अनुदानको बिउ नदिँदा ९० देखि १ सय ५ रुपैयाँसम्ममा खरिद गरेर पनि बीउ राखिसकेका थिए ।

रामपुर नगरपालिकाको केन्द्र बेझाड बजारदेखि रजघरा पुग्न पक्की सडकमा सवारी साधनमा करिब १० मिनेट समय लाग्ने स्थानीयले बताए । सरकारले अनुदानमा दिएको बीउ सहकारी बाटै महँगोमा बिक्री गर्नु राम्रो नभएको वडाध्यक्ष दामोदर पाठ कले बताए । ‘निजी व्यापारीले जस्तो सहकारीले गर्नु भएन,’ उनले भने, ‘यस्तो विषय गलत हो ।

नाफाखोरी जस्तो मार्जिन राखेर बिक्री गर्दा किसान मर्कामा पर्ने नै भए ।’ सहकारी नाफा गर्ने नभई सेवा गर्ने संस्था भएकाले यस्ता क्रियाकलापलाई प्रश्रय दिनु पनि गलत हुने उनले बताए ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले संघीय सरकारले रामपुरको घरसंसार वितरक फार्मबाट वितरणको अनुमति लिएको हो । सोहीअनुसार बेझाडमा ७८ रुपैयाँ किलोको बीउ ५० प्रतिशत छूटमा ३९ मा बिक्री गरेको छ । ‘सहकारी, समूह र किसान सोझै पनि खरिद गरेर लैजान सक्छन्,’ उनले भने, ‘सहकारीलाई लिखित स्पष्टीकरणसमेत सोधिसकेका छौं ।’ उनका अनुसार मूल्य बढाएर धानको बीउ बिक्री गरेको जानकारी आइसकेपछि सहकारीसँग जानकारी मागिएको छ ।

रामपुर नगरपालिकाका अनुसार रामपुर नगरभित्र २० टन सावित्री, साढे चार टन सावा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गर्ने योजना हो । संघीय सरकारको ससर्त अनुदान कार्यक्रमअन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागको आधारमा सापित्री र साावा मन्सुली जातको बीउ ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । रामपुर नगरका अन्य सहकारीमा पनि ढुवानी भन्दै दुई देखि चार रुपैयाँ बढी मूल्य लिएर बिक्री गरेको किसानको गुनासो छ ।

‘महँगोमा बिक्री गर्नेलाई स्पष्टीकरण मात्र होइन, कारबाही नै गछौं,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘बेझाड बजारबाट सोझै किसानले खरिद गरेर लैजान सक्छन् । सह कारीले लैजान्छु भनेको राम्रो हो । तर बढी मूल्य लिनु गलत हो । आपसी समन्वय र सल्लाहमा ढुवानी र व्यवस्थापन खर्चसम्म मिलाउन सकिन्थ्यो । तर किसानसँगको सहमति हुनुपर्छ ।’

Facebook Comments Box