ताजा समाचार राजनीतिक

वास्तवमा राष्ट्रवादी नेता प्रचण्ड रहेछन, १५ वर्ष खाेजे तर राष्ट्रघात गरेकाे कतै भेटिन – कमल थापा

विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन : कमल थापा काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थाप नाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन भन्दै टिप्पणी गरेका छन् ।

उनले सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक    दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसं स्था फर्कँदैन । सड कमा अस्थिरता खडा गरेर राजसंस्था फर्का उन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने उनले बताएका छन् ।राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा स्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।

सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ । नेपालमा राजाहरुले २४० बर्ष शासन गरेका थिए भ्ने गणतन्त्र स्थापना भएको दुई दशक भएको छ ।

तुलना गर्ने हो भने राजतन्त्र भन्दा गणतन्त्रमा बिकासमा क्रान्ती भएको छ । राजतन्त्रले सयौं बर्ष गर्न नसकेको काम गणतन्त्र नेपालमा दशकमा नै पूरा भएका छन ।

उच्च अमेरिकी अधिकारीले भेटे राप्रपा अध्यक्ष लिङदेनलाई काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र काठमाडौं स्थित अमेरिकी राजदूतावासका ‘डेपुटी पोलिटि कल काउन्सिलर’ मार्क टेम्पलरबीच भेटवार्ता भएको छ।

अमेरिकाको चासोको विषय रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को राप्रपाले खुलेर विरोध गरेकै बेला अमेरिकी अधिकारीले राप्रपा अध्यक्षलाई भेटेका हुन् ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएका थिए।

भेटघाटको क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति राप्रपा प्रतिबद्ध रहेको उल्लेख गरे।

भेटमा अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।

बिल तिर्न नसकेपछि धुर्मुस सुन्तलीले बनाउंदै गरेको क्रिकेट रंगशालाको लाइन काटियो !चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

फाउण्डेशनले छ महिनाभन्दा बढी समयदेखि बक्यौता नतिरेको उनले बताए । आर्थिक सहायता उपलब्ध हुन छाडेपछि फाउण्डेशन टाट पल्टिएको छ ।

फाउण्डेशन रंगशाला निर्माणको कामबाट समेत पछि हटेको छ । फाउण्डेशनले ४५ केभीए क्षमता लिएर रंगशाला निर्माणको काम गर्दै आएको थियो ।

सम्मानित संस्था भएपनि गर्नुपर्ने काम त गर्नुपर्‍यो’, उनले भने । भरतपुर वितरण केन्द्रअन्तर्गत सबैभन्दा बढी बक्यौता रहेको माउण्ट एभरेष्ट ब्रुअरीको लाइन पनि बुधबार नै काटिएको हो ।

ब्रुअरीले चार महिनादेखिको ३७ लाख ४१ हजार ३१७ रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटिएको पौडेलले बताए ।
लाइन काट्नका लागि उद्योग परिसरभित्र जान खोजेका विद्युत्‌का कर्मचारीलाई ब्रुअरीका कर्मचारीले अवरोध गरेका थिए ।

लाइन काट्न उद्योग परिसरमा प्रवेश गर्न खोज्दा तीन जना चौकीदार खटाएर हामीलाई लखेटियो’, उनले भने, ‘त्यसपछि बाहिरैबाट जम्पर खोलेर आयौँ ।’.भरतपुर वितरण केन्द्रले ६० दिनभित्र बिजुलीले महसुल नतिर्ने ग्राहकको लाइन काट्न पाउँछ ।

केन्द्रको जम्मा बक्यौता एक करोड १० लाख रुपैयाँ रहेको छ । बक्यौता नतिर्ने मध्येका दुई ठूला ग्राहकको बुधबार लाइन काट्ने काम भएको उनले बताए ।

नेपालले भारत निर्यात गर्ने कृषि उत्पादनको परीक्षण अब बिहारमा हुने

काठमाडौँ — नेपालले भारतमा निर्यात गर्ने कृषि उत्पादनको परीक्षण अब बिहारमा हुने भएको छ । हालसम्म नेपाली कृषि उत्पादनको गुणस्तर जाँच गर्न दिल्ली वा कोलकत्तामा नमुना पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो । प्रयोगशालाबाट परीक्षण भई आएपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने हुँदा निर्यातकर्ता व्यवसायीलाई धेरै समय ब्यर्थ खर्चिनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।

रक्सौलमा नै आइतबारदेखि खाद्य प्रयोगशाला सञ्चालनमा आएको छ । सो प्रयोगशालाको भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री मनसुख मण्डावियाले उद्घाटन गरे । नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवको उपस्थिति थियो । भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित यस प्रयोगशा लामा भारत निर्यात गर्ने नेपाली कृषि उत्पादनको गुणस्तर परीक्षण गरिनेछ । यसले भारत र नेपालबीचको द्धिपक्षीय ब्यापार बढाउन सघाउ पुग्नुका साथै नेपाली व्यपारीलाई उत्पादन परीक्षणका लागि लाग्ने समय बचत हुन जाने छ ।

विराटनगर जुटमिल : अर्बौंको सम्पत्ति बेवारिस

जुट मिल प्रजातन्त्र प्राप्तिका लागि सुरुवाती आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन्छ । मुलुकमा प्रजातन्त्र आयो तर त्यसयता मिलले आफ्नो अस्तित्व नै गुमायो । यो मिलको अर्बौंको सम्पत्ति अहिले बेवारिस अवस्थामा छ ।

विराटनगर — विक्रम संम्बत् १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएपछि मुलुकमा औद्योगिक गतिविधि सुरु भएर निर्यात व्यापारको ढोका खुलेको इतिहास छ । यही जुट मिल प्रजातन्त्र प्राप्तिका लागि सुरुवाती आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन्छ । मुलुकमा प्रजातन्त्र आयो तर त्यसयता मिलले आफ्नो अस्तित्व नै गुमायो । यो मिलका अर्बौंको सम्पत्ति अहिले बेवारिस अवस्थामा छन् ।

विसं २००३ र २००७ सालमा यही उद्योगमा मजदुर आन्दोलन सुरु भयो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा मिल परिसरमा तोप स्थापना गरियो । यही तोपले तत्कालीन बडाहाकिमको निवासमा आक्रमण गरेसँगै मिलमा भएको मजदुर आन्दोलनले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा पनि थालनी भयो ।

उद्योग परिसरमा २००६ सालमा नेपाली कांग्रेसले प्रजातन्त्र रेडियो स्थापना गरेर प्रजातान्त्र स्थापनाका लागि आन्दोलन सुरु गरेको थियो । तर विडम्बना यति धेरै इतिहास बोकेको यो मिल दशकदेखि बन्द छ । मिलको अस्तित्व कायमै राख्न पछिल्लो समय न संघीय सरकारले कोसिस गरेको छ न त प्रदेश सरकारको नै पहल छ ।

सरकारको ६८ प्रतिशत स्वामित्व रहेको यो उद्योग सरकारी उदासिनता र राजनीतिक भर्ति केन्द्रमा परिणत हुँदा अस्तित्व विलिन हुन पुगेको हो । उद्योगका अधिकांश मेसिन र पाटपुर्जा खिया लागेर कामै नलाग्ने भएका छन् । केही मेसिन चोरीसमेत भएको छ । मिलको अर्बौंको अचल सम्पत्ति बेवारिस अवस्थामा छ ।

२०४८ साल यताका सरकार बेनेसँगै सञ्चालक समिति फेरिने र मिललाई राजनीतिक भर्तीकेन्द्रका रुपमा प्रयोग गर्दा मिलले अस्तित्व गुमाउन सुरु भएको हो । त्यसयता नियुक्त भएका सञ्चालक समितिले मिल चलाउने भन्दा मिलको नाममा आर्थिक भार थप्ने काम मात्र गरे ।

मिल सञ्चालनको नाममा पञ्चायतकालका तीन दशकमा १८ जना सञ्चालक समितिको अध्यक्ष वने । दशकदेखि पूर्ण रुपमा बन्द यो मिल अघिल्लो वैशाखदेखि सञ्चालक समितिविहिन छ ।

मिलका तत्कालीन प्रशासन अधिकृत तारानाथ तिम्सिनाका अनुसार २०४८ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि मिलको अवस्था खस्किन सुरु भएको हो । उनका अनुसार पञ्चायतको अन्तिम ताका मिल व्यवस्थापन समितिको अध्यक्ष जयाराज्य लक्ष्मी शाह थिइन् । मिल २०५२ साल अगाडी सम्म वार्षिक करिब २८ करोड नाफामा थियो । उनकाअनुसार त्यसबेला मिलले दैनिक ४५ टन जुटका तयारी सामान उत्पादन गर्दै आएको थियो । मिल राजनीतिक भर्ति केन्द्रमा परिणत भएपछि उत्पादन घटेर दैनिक २० टनमा झरेको थियो ।

विसं २०५१ सालमा तत्कालीन नेकपा एमालेको सरकारको पालामा सुबोधराज प्याकुरेल अध्यक्षमा नियुक्त भएका थिए । एमाले सरकार ढलेपछि कांग्रेसले बद्रीप्रसाद घिमिरेलाई अध्यक्षमा नियुक्त गर्‍यो ।

त्यसपछि कांग्रेसले घिमिरेपछि केशवप्रसाद अधिकारीलाई ल्यायो । लगत्तै राप्रपा नेतृत्वमा सरकार गठन भएपछि राप्रपाले अधिकारीलाई हटाएर केदार कोइरालालाई अध्यक्ष बनायो । कोइरालापछि तत्कालीन सद्भावना पार्टीका दिलिप धाडेवाल अध्यक्ष भए । धाडेवालपछि एमालेले पुन केशवप्रसाद गौतम र पुन एमालेबाटै हरि घिमिरे अध्यक्ष भए । त्यसपछि जीवन नेपाल, निर्मल व्यास, मनोज उपाध्याय र गोविन्द कुसुमले नियुक्ति लिएर आए । यसै अवधिमा यो मिल गोल्छा अर्गनाइजेशनले पनि डेढवर्ष सञ्चालन गरेर हात झिकेको थियो ।

राजा ज्ञानेन्द्रको कार्याकालमा तत्कालीन उद्योग मन्त्रालयका सहसचिवले मिलको जिम्मेवारी सम्हालेका थिए । २०६२/६३ को जनआन्दोलनपछि कांग्रेसको नेतृत्वमा सरकार वनेसँगै फूलकुमार लालवानी अध्यक्ष भए । उनीपछि अध्यक्ष भएका मुकुन्दप्रसाद नेपालको पालादेखि मिल पूर्ण रुपमा बन्द भयो । विसं २०६५ सालमा कांग्रेसकै कोटाबाट अशोक पोखरेल अध्यक्ष भए ।

२०७२ मा तत्कालीन उद्योग मन्त्री महेश बस्नेतको सिफारिसमा निलहरि काफ्ले अध्यक्ष भए । उनका पालामा उद्योगभित्रका पुराना सामग्री बिक्रीवितरण गर्ने प्रक्रिया अघि बढेको थियो । तर तत्कालीन उद्योग सचिवले फायल रोकेपछि उनी असफल भएका थिए । काफ्लेकै पालामा मिलको सरकारको नाममा रहेको ६२ हजार ७ सय २७ कित्ता शेयर मध्ये ३५ हजार शेयर बिक्री गरिएको थियो । तर स्थानीयको अवरोध पछि शेयर पुन फिर्ता भएको थियो ।

तिम्सिनाका अनुसार २०६८ सालमा अशोक पोखरेल मिल सञ्चालक समितिका अध्यक्ष भएका बेला भारतको विनसम कम्पनीलाई मिल बहालमा दिएर सञ्चालन गरिएको थियो । उत्पादन सुरु भएपछि विनसमले मिलमा विद्युतको ३३ केभिए प्रसारण लाइनको माग गर्‍यो । तर विधुत प्राधिकरणले उसको माग पुरा नगरेपछि २० महिना पछि उसले मिलबाट हात झिकेको थियो ।

त्यसपछि २०७२ सालमा मिल सञ्चालक समितिको अध्यक्ष नीलहरि काफ्ले भए र उनले २०७४ सालमा सञ्चालक समितिमा वसन्त वनलाई ल्याए । त्सपछि वनलाई अध्यक्ष वनाएर आफू प्रबन्ध निर्देशक भएको घोषणा गरे । अघिल्लो वैशाखमा वनको कार्यकाल सकिएपछि मिल बन्द भयो ।

विराटनगर जुट मिल बचाउ अभियानका अध्यक्ष धर्मानन्द सन्जेलले संरक्षणको अभावमा मिल बेवारिसे अवस्थामा रहेको बताए । सञ्चालक समिति समेत नभएका अवस्थामा यसको संरक्षणको दायित्वबाट सरकार पन्छिएपछि त्यहाँ भित्र रहेका महत्वपूर्ण मेशिन हराउदै गएका छन् । मिलको ९३ हजार ७ सय ५० कित्ता शेयर मध्ये सरकारको नाममा ३१ हजार २३ कित्ता र सर्वसाधारणको नाममा ६२ हजार ७ सय २७ कित्ता शेयर छ । तर सरकार नै मिलको वर्तमान र भविष्यप्रति उदासीन रहेको सञ्जेलको भनाई छ । यो जुट मिलको नाममा अहिले पनि ६९ विगाहा जमिन छ । मिल बचाउ अभियानले महानगर, प्रदेश सरकार र संघीय सरकार समक्ष मिलको सम्पत्ति र उपकरण संरक्षणका लागि आग्रह गर्‍यो तर तीनवटै निकायले वास्ता नगरेको सञ्जेलको गुनासो छ ।

तिम्सिनाकाअनुसार मिलको कम्पाउण्डभित्र अहिले पनि ४५ विगाहा जमिन छ । त्यसबाहेक हरताली हाटमा १२ विगाहा, मिलको दक्षिण गेटमा ५ विगाहा, वडा १४ मा १८ कठ्ठा, दरैयामा ४ विगाहा र झापाको दकम नगरपालिकामा ९ कठ्ठा मिलको जग्गा छ । उनका अनुसार ती सबै जग्गा व्यक्तिले अतिक्रमण गरेर बसोबास गरिएको छ ।

भारतका तत्कालीन जुट व्यापारी राधाकृष्ण चिमडियाको प्राविधिक सहयोगमा रामलाल गोल्छा र कृष्णप्रसाद कोइरालाको सक्रियतामा मिल सुरु भएको इतिहास छ । उद्योग विभागमा यो मिलको दर्ता नं १ रहेको छ ।

संरचना कौडी मोलमा बिक्री

सरकारले नै मिलको भौतिक संरचना २०६९ सालमा कौडीको मोलमा विक्री गरेको थियो । उद्योग मन्त्रालयको निर्देशनमा मिल व्यवस्थापन समितिले उद्योगको २ विगाहा ५ कठ्ठा ६ धुर क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना १ करोड ३ लाखमा विक्री गरेर जमिन पनि हकवालालाई फिर्ता गरेको थियो ।

तत्कालीन व्यवस्थापन समितिले संखुवासभा नुम गाविसका निर्जला चापागाईंलाई लिलामी टेण्डर मार्फत् मिलका संरचना १ करोड ३ लाखमा विक्री गरेको थियो । त्यसमा मिलका डिस्पेन्सरी र स्वास्थ्य चौकी भवन थिए ।

लिलामीमा परेका भवनमा झण्डै ५ करोड बराबरका सामाग्री छन् । तर मिल सञ्चालक समितिले कमिसनको लोभमा मिलका संरचना कौडीको मोलमा विक्री गरेर ऐतिहासिक धरोहर नै नष्ट गर्‍यो । त्यसबेला मिलको संरचना जोगाउने अभियानका उपाध्यक्ष समेत रहेका हिमाल शेर्पाले भनेका थिए ‘व्यवस्थापन समितिले कमिसनकै चक्करमा मिलका संरचना कौडीको मोलमा विक्री गर्‍यो ।’ उनका अनुसार व्यवस्थापन समिति कमिशनको चक्करमा नलागेको भए मिलकै नाममा रहेको हरतालीहाटको जमिन सट्टा भर्ना गरेर भएपनि मिलको ऐतिहासिक संरचना बचाउन सकिन्थ्यो ।

मिलका अधिकांश भौतिक संरचना व्यक्तिको निजी जमिनमा परेकाले लिलाम गरी जमिन फिर्ता गर्न उद्योग मन्त्रालयको निर्देशनमा टेण्डर मार्फत् संरचना विक्री गरिएको तत्कालीन मिल व्यवस्थापन समितिका सचिव महेश हमालको भनाई छ । विसं १९९३ मा साविक विराटनगर २० मा स्थापना भएको उद्योगको मुख्य प्रवेशद्धारसहित अधिकांश भौतिक संरचना तत्कालिन जमिन्दार उत्तिमलाल यादवको नाममा रहेको २ विगाहा ५ कठ्ठा १६ धुर जमिनमा परेको छ । जमिन्दार यादवको निधनपछि उनका छोरा सूर्यलालले दोस्रो व्यक्तिलाई उक्त जमिन बिक्री गरे । हमालले भने, ‘नयाँ धनीले ‘जमिन खाली गरिपाउँ’ भनेपछि उद्योग मन्त्रालयले २०६८ पुसमा व्यवस्थापन समितिलाई उक्त जमिनमा पर्ने मिलका संरचना बेच्ने प्रक्रिया थाल्न निर्देशन दिएको थियो ।’

व्यवस्थापन समितिले ५१ लाख न्युनतम मूल्य कायम गरेर टेण्डर आह्वान गरेको थियो । त्यसमध्ये कमला सुब्बा र भीम थापाको विकि इन्टरप्राइजेजको नाममा दर्ता भएको टेण्डरमा अधिकतम मूल्य १ करोड ११ लाख उल्लेख भएपनि चापागाईले उल्लेख गरेको १ करोड ३ लाख मूल्यमा संरचना विक्री गर्नु रहस्यमय भएको स्रोतको दाबी छ । कानूनी समस्याका कारण सुब्बा र थापाको टेण्डरलाई सकार्न मिल्दा चापागाईको टेण्डरलाई संरचना विक्री गरिएको सचिव हमालको दाबी थियो ।

मिल स्थापनाकालमा तत्कालीन सरकारले जग्गा अधिग्रहण गर्दा उतिमलाल यादवको दुई विगाहा ५ कठ्ठा १६ धुर पनि अधिग्रहण गरेको थियो । जग्गाधनीले मुआब्जा पाएका छैनन् । जमिनको भाडा पाउने शर्त भए पनि केही नपाएपछि यादवले बेच्न खोजेका थिए । २०१५ सालमा मिलले यादवविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । ‘अदालतले धनीले जमिन कसैलाई पनि बेच्न नपाउने र बेचे मिललाई नै बेच्नु पर्ने अनि मिलले जमिन उपभोगवापत जमिनदारलाई उचित कुत तिर्नु पर्ने फैसला सुनाएको थियो ।’

अदालतको फैसलाअनुसार मिलले जमिनदार यादवलाई २०३२ सालसम्म वार्षिक १५ हजार कुत वापत रकम दिएको रेकर्डमा भएपनि त्यसयता जमिनदारले कुत पाएको रेकर्ड छैन । उतिमलालको मृत्युपछि उनका छोरा सूर्यलाल यादवले कित्ता नं ७२, ७६, ८०, ८२, ८९, ९३, १५४, १५५, १५७, १६०, १६१, १६२ र १६३ नम्बरको उक्त २ विगाहा ५ कठ्ठा १६ धुर जमिन विराटनगरकै पवित्रा दाहाललाई बिक्री गरेपछि उद्योग मन्त्रालयले उनलाई जग्गा फिर्ता दिने भन्दै मिल व्यवस्थापन समितिलाई जमिनमा पर्ने मिलका भौतिक संरचना बेच्न निर्देशन दिएको हो ।

यसविरुद्ध अदालत र अख्तियारसम्म निवेदन दर्ता भएको थियो । २०६९ असोज १५ मा पुनरावेदन अदालत विराटनगरले सञ्चालक समितिलाई संरचना लिलामी प्रक्रिया अघि बढाउन आदेश गरेपछि मिलका संरचना विक्री गर्न बाटो खुलेको हो ।

पाँच अर्बभन्दा बढी ऋण

मुलुककै पहिलो इतिहास बोकेको यो मिल कुनै समय वार्षिक २८ करोड सम्म नाफा कमाउँदै आएको थियो । तर यो मिलको नाममा अहिले ५ अर्ब भन्दा बढी ऋणमा छ । मिलका तत्कालिन प्रशासन अधिकृत तिम्सिनाका अनुसार विभिन्न वित्तिय संस्था र कामदार कर्मचारीको गरी मिलले ५ अर्ब भन्दा बढी ऋण तिर्न बाँकी छ ।

बन्द रहेको विराटनगर जुट मिल हालको अवस्थामा ५ अर्ब ४ करोड २० लाख रुयैयाँ ऋणको भार देखिन्छ । तिम्सिनाका अनुसार हाल मिलको नाममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र उदयपुर सिमेन्ट कारखाना लगायतका वित्तिय संस्थाको ऋण छ ।

मिलले ०३८ सालदेखि गत वर्षसम्मको १६ करोड रुपैयाँ कर तिर्न बाँकी छ । त्यसैगरी एक करोड मालपोत र हालका सबै कामदारको अहिलेसम्मको पारिश्रमिक २ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

तत्कालीन प्रशासन अधिकृत तिम्सिना सहित १४ जनाले २०७३ जेठदेखि २०७५ असार सम्मको पारिश्रमिक पाएका छैनन् । त्यस्तै २०७३ जेठदेखि २०७५ असार सम्मको पारिश्रमिक नपाउनेमा अफिसियल डाइरेक्टर राजेन्द्र कार्की, सचिवालय अधिकृत युगेश काफ्ले, लेखापाल रमा ज्ञवाली, राउन्डर दीनानाथ सिंह, इलेक्ट्रिसियन जितेन्द्र मण्डलसहित ११ जना छन् ।

मिलका अध्यक्ष वनले नियुक्त गरेका कम्पनी सचिव केशवप्रसाद आचार्य लगायतका २१ जनाले पनि २०७५ वैशाखदेखि २०७६ असार मसान्त सम्मको पारिश्रमिक पाएका छैनन्। । यो बीचमा सरकारले २०६६ साल पुसमा ५६ करोड रुपैयाँ निकासा गरेर मिलका कर्मचारी र कामदार गरी दुई हजार पाँच सयलाई अवकास दिएको थियो । हाल मिलमा ५९ जना करारका कर्मचारी अझै छन् । तिम्सिनाले भने उनीहरुले २०७३ यताको पारिश्रमिक पाउन बाँकी छ ।

प्रदेश सरकारको कार्यदलले काम नै गरेन

प्रदेश एक सरकारले खुल्दै बन्द हुँदै आएको मुलुककै जेठो उद्योग आफू मातहत ल्याउने प्रयास गर्दै कार्यदल पनि बनाएको थियो । तर कार्यदलले कुनै काम नै नगरी विघटन भएको छ ।

प्रदेश सरकारको ०७६ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुट मिल्सको भौतिक संरचनाबारे अध्ययन गरी सुझाव दिन तत्कालिन प्रमुख सचिव दिनेश भट्टराईको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

जुन कार्यदलले विराटनगर जुट मिलको जग्गा तथा संरचना हस्तान्तरणका बिषयमा अध्ययन गरी एक महिना भित्र प्रदेश सरकालाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको थियो ।

प्रतिवेदनको आधारमा केन्द्र सरकारसँग मिल प्रदेश सरकार समक्ष हस्तान्तरण गर्ने अनुरोध गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्‌स्तरीय कार्यदलले कुनै काम नै नगरी विघटन भएको थियो ।

Facebook Comments Box