ताजा समाचार

ज्वाला संग्रौलाले उठाईन् पल शाह रिहाईको माग…

काठमाडौं । नेपाली चलचित्र अभिनेता पल शाह रिहाईका लागि ज्वाला संग्रौलाले बोलेकी छिन् । शाह बलत्कारको आरोपमा तनहुँ कारागारमा छन् ।

शाहको रिहाई हुनुपर्ने माग केहि संघ सस्थाले उठाईरहेका बेला सामाजिक अभियन्ता बनेर काम गरेकी र पछिल्लो पटक राप्रपामा प्रवेश गरेकी ज्वालाले पनि उठाएकी हुन् । उनले सामाजिक संजालमा बलत्कारको ठोस प्रमाण नभएकोले रिहाई हुनुपर्ने बताएकी छिन् ।

हेरौं, उनले उठाएको माग जस्ताको तस्तै–

( रोशनी शाहीले महराले बलात्कार गरे भन्दै रोईकराई गरेर महरालाई जेल पठाईन् र ३ महिनापछि बलात्कार गरेकै होईन भनेर बक्तब्य निकालिन् । त्यसपछि महरा जेलमुक्त भए ।

पलको हकमा चांही मलाई बिभिन्न मान्छेहरुले उक्साएर बलात्कार गर्यो भन्न लगाए तर मलाई पलले केहि गरेकै छैन भनेर ती बहिनीले बयान फेर्दा पनि उनलाई पुर्पक्षमै राखिएको छ ।

पलले बलात्कार गरेकै हो भन्ने एउटा पनि ठोस प्रमाण कागजमा छैन । उनले इन्कारी बयान दिएका छन् हरेक निकायमा । अझ होस्टाईल भईन् बालिका भन्दै मिडियामा बहस गर्न आउनु हुन्छ केहि मित्रहरु । बहिनी होसमा आएर सत्य बोलेकी हुन् ! होस्टाईल भएकी होईनन् ।

उनको सत्य बोलीलाई होस्टाईलको नाम दिएर थप बिबादित नबन्नु होला अधिकारकर्मी ज्युहरु तथा पलको बिरुद्व लड्ने वकिल सा’पहरु ।
बलात्कारी जो सुकै होस् त्यो उम्कनु हुदैन, एउटा महिला भएर महिलालाई अन्याय पर्दा मैले पीडकलाई बचाउने अभिब्यक्ति दिन किमार्थ मनासिब हुन्न ।

तर बडेमानका अपराधीहरु,मान्छेको सास मात्र होईन, लास समेत लुटेर आएकाहरु आज सत्ताको मठाधिस भएर बसिरहंदा एउटा गरिबको छोरो जो आफ्नो भबिष्य बनाउन

मेहनत गरिरहेको थियो, उस्लाई एउटा ईस्यु बनाएर , षड्यन्त्र जालझेल र बहानाबाजी गरेर जेलमा सडाईरहंदा मेरो मन पटक्कै मानेकै छैन ।

यो देशमा कसरी निर्धाहरुमाथि खेलिन्छ र जोरजुलुम गरिन्छ भन्ने उदाहरण खोज्न टाढा जानै पर्दैन, पलले गरिखाएको देख्न नसकेर उनको बाँच्ने अधिकार लुट्नेहरुको जालिम अनुहार हेरे पुग्छ ।

भगवान् गरुन् कि यी महिला अधिकारका नाममा समाजलाई भड्काएर इमोसनल ब्ल्याकमेल गर्दै उपद्रो मच्चाउने केहि महिलाहरुका छोरा , भाई र श्रीमानहरु यस्तो अत्याचारको भूमरीमा नपरुन् । )

Facebook Comments Box