ताजा समाचार दु:खद खबर

वैशाख ३ गतेदेखि हराइरहेका प्रहरी हवल्दारको शव यस्तो अवस्थामा फेला !!

पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिकामा प्रहरीको बर्दी लगाएको बेवारिसे शव भेटिएको छ । कुम्मायक १ ओर्दिन भन्ने स्थानमा भेटिएको शव।जिल्ला प्रहरी कार्यलय पाँचथरमा कार्य रत प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।

यासोक बजारमा लाग्ने त्रिसाली मेलामा सुरक्षार्थ खटिएका श्रेष्ठ वैशाख ३ गतेदेखि हराइरहेका थिए । डियुटी समयमै यासोक बजारबाट हराए का उनको खोजी भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

आइतबार दिँउसो बाटो नजिकै मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी लगाएका व्यक्तिको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिए सपी) राकेश थापाले प्रहरी हवल्दार हराइरहेको भए पनि शव सड्ने अवस्था मा पुगेकाले परिवा रका सदस्यको उपस्थितिबिना पहिचान गर्न कठिनाइ भइरहेको बताए । उनका अनुसार श्रेष्ठको परिवारका सदस्यलाई झापाबाट बोला इएको छ ।

गलकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले बागलुङका प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमि तताबारे मुद्दा दायर गरेको छ ।

विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोविरुद्ध रु ३८ हजार भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदाल तमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जान कारी दिए।

महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राही सँग घुस लिएका थिए ।

उनलाई अख्तियारको टोलीले बागलुङ सदरमुकामबाट यही वैशाख ६ गते रङ्गेहात पक्राउ गरेको थियो ।

Facebook Comments Box