ताजा समाचार

‘मलामी जादा पनि मरौँ-मरौँ लाग्ने आर्यघाट बनाउँछु’-स्थापित

काठमाडौं,नेकपा (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिएका केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना

पर्खालको खुल्ला काठमाडौं बनाउने घोषणा गरेका छन् । आइतबार काठमडौंमा आयोजित वागमती किनारका पालिकाहरुमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरुसँगको

अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।मेयरका उम्मेदवार स्थापितले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गरे ।

उनले काठमाडौं भित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गरे । मेयरका उम्मेदवार स्थापितले

स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरले व्यहोर्ने बताए ।उनले काठमाडौं मा ४८ अर्ब राजश्व उठाउन बाँकी रहेकोले आफू मेयर

भएपछि हरेक दिन जनताको गुनासा सुनेर तत्काल समस्या समाधान गर्ने घोषणा गरे । मेयरका उम्मेदवार स्थापितले नदीलाई सानो बनाएर दायँबायाँबाट सडक

निकाल्ने र नदी क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाए मेयरका उम्मेदवार स्थापितले भने, ‘काठमाडौंमा नो वाल । काठमडौंमा खुला ठाउँ नै छैन भन्छन् त्यो होइन । अझै

पनि काठमाडौंमा एकतिहाई भाग खुला छ । राजदरवारको भित्र राजाले के–के गर्नुथियो होला, त्यहाँ ६०० रोपनीमा वाल लगाएको छ । किन त्यो वाल लगाएको रु त्यसरी

वाल लगाएको २४७ वटा ठाउँ छ, निजी पनि छ त्यसलाई तोड्ने हो । हामीले सबै सार्वजनिक ठाउँमा प्रवेश दिनुपर्छ त्यो ओपन काठमाडौं, नो वाल ।’उनले थपे, ‘त्यहाँ अपराध

गर्ने भएपो पर्खाल लगाउनु रु मेरो खुबी भनेकै अलिअलि तोडफोड गर्ने भन्ने छ, त्यो गरौँला भन्ने प्रतिज्ञा हो । वरिपरि ६० वटा स्थान छ । स्वीट्जरल्याण्ड पार्क थाहा छ । त्यहाँ

केही पनि छैन, त्यसलाई हामीले अक्सिजन प्लान्ट बनाउने हो । त्यसको सबै लागत काठमाडौं महानगरले व्यहोर्छ । हाम्रो राजश्व ३० अर्ब हुन्छ, उठाउनु पर्ने ४८ अर्ब रहेछ ।’

उनले फेरि भने, ‘म मेयर भएको एकदिन सेलिब्रेशन हुन्छ, ९९ दिनको सार्वजनिक सुनुवाई हुन्छ । त्यसमा म सबै जनताको गुनासो सुन्नेछु । तत्काल सबैको समस्याको

समाधान गर्नेछु । सर्भरको लागि मैले अलिअलि अध्ययन गरेको छु, कमरेड माधवको पालोमा यहाँको जतिपनि रिभर ट्रिटमेण्टको बारेमा त्यो अध्ययनलाई म लागू गर्छु ।

त्यसमा के छ भने नदीलाई सानो गरेर दायाँबायाँ बाटो निकाल्ने हो । नदीको छेउको त अझै पनि २० मिटर हाम्रै हो नि ।’मेयरका उम्मेदवार स्थापितले पशुपति विकास

कोष कुनैपनि हालतमा महानगरको मातहतमा आउनुपर्ने बताए । उनले सदस्यसचिव बनेर जानेहरुले कसलाई कति ख्वाउने भन्ने चर्चामात्र हुने र लुट्ने बाहेकको काम नहुने

भन्दै महानगले मातहतमा राखेर व्यवस्थापन गर्नुपर्ने बताए मेयरका उम्मेदवार स्थापितले शव जलाउने ठाउँको डिजा इन आफूले गरिसकेको दाबी गरे ।स्थापितले भने, ‘पशुपति

विकास कोष भनेको कुनै हालतमा काठमाडौं महानगर पालिका अन्तर्गत आउनुपर्छ । नभए काम हुँदैन । को एक जना सदस्यसचिव भएर आउने, कसलाई कति ख्वाउँछ

भनेर सार्वजनिक चर्चा गर्ने, लुट्ने बाहेक केही हुन्छ । मेरो मातहतमा भयो भने नै मैले व्यवस्थापन गर्ने हो ।’उनले थपे, ‘लाश जलाउने ठाउँ मैले डिजाइन गरेको छु । मैले

डिभाइस डिजाइन गरेको छु । त्यो यस्तो गज्जबको हुन्छ तपाई मलामी गयो भने मै सुताँै, मरौँ जस्तो त्यस्तो पो हुनुपर्छ । त्यस्तो म बनाउँछु

Facebook Comments Box