राजनीतिक सामाचार हाईलाइट

खतरनाक उपाध्यक्ष उम्मेदवार पक्राउ गरेछ यस्तो गर्नै नहुने काम…

२६ वैशाख, बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार राना  लाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय बैतडी  का प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका

उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मे दवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

डिलासैनी गाउँपालिका-५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए ।

डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

Facebook Comments Box