काठमाडौ । भिडियो समचारको अन्तमा राखिएको छ “विर्य वजारमा पनि किन्न पाइन्छ,पुरुषको काम छैन” । अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानल लाई
अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् ।जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिदै यस्तो भनेकि हुन्
भिडियो हेर्न यो समचारको अन्तमा जानुस् अब थप समचार यो पनि :-काठमाडौं– काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय तह
निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरेका छन्।वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको
तयारी गरेका छन्। उनले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन्। सूचना अनुसार
शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।वडाध्यक्ष खड्काले वडाका महिलालाई वितरणका लागि पनि दुई सय थान साडी पनि
खरिद गरिसकेका छन्। उनले वडा सदस्य सविना राउत मार्फत् साडी खरिद गरेको वडाकार्यालय स्रोतले जानकारी दिएको छ। वडा कार्यालयमा साडीका लागि निवेदन दिए
का महिलालाई वडा कार्यालयमा गएर साडी बुझ्न भनि एको छ।वडा सदस्य पुरुषोत्तम रिजालले वडा कार्यालयले महिलालाई साडी वितरणका लागि सार्वजनिक सूचना
जारी गरिएको पुष्टि गरेका छन्। ‘मतदाता आकर्षित गर्न सरकारी रकम दुरुपयोग गरियो,’ उनले भने। वडाध्यक्ष खड्का नेकपा एमालेबाट र वडा सदस्य रिजाल नेपाली
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।एमालेबाटै निर्वा चित अर्का वडा सदस्य कमल केसीले पनि निर्वाचनको मुखमा मतदाता आफूतिर तान्न वडाध्यक्षले साडी बाँड्न
लागेको बताए। उनले वडाध्यक्ष खड्काको काम गर्ने शैली मन नपरेपछि आफू निर्वाचित भएको ६ महिनापछिबाट वडा कार्यालय जानै छाडेको पनि बताए।म वडा बहिष्कार
वादी हो। जितेको ६ महिनाबाट मैले वडा कार्यालय जान छाडेको छु,’ केसीले वडा कार्यालय जान छाड्नुको कारण खुलाउँदै भने,‘वडाध्यक्षसँग विचार, सोचाइ, काम गर्ने शैली मन परेन। यस विषयमा प्रतिक्रिया लिन खोज्दा खड्काको मोबाइल स्विच अफ छ। अब सावित्री सुवेदीको अन्तवार्ता