माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र पत्नी सिता दाहालले ५२ औ वैवाहिक वर्षगाठ मनाएका छन उनीहरुले सामान्य रुपमा आफ्नै निवासमा ५२ औ वैवाहि क वर्षगाठ मनाएका हुन् । छोरी गङ्गा दाहालले सामाजिक संजाल फेसबुकमा तस्विर शेयर गर्दै
बुबा आमालाई वर्षगाठको शुभकामना दिएकी छन । सार्ब जनिक तस्विरमा प्रचण्ड पत्नी सिता दाहाल भने विरामी अवस्था मै देखिन्छिन । उनि केहि वर्ष अगाडी देखि प्रोग्रे सिभ सुप्रान्यूक्लियर पाल्सी नामको पार्किन्सन रोगबाट ग्रसित रहदै आएकी छन ।
यो पनि पढ्नुहोस ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि पा र्टी अध्यक्ष केपी शर्मा ओली लाई भोली सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो । ‘फागुन २३ को फैसला अनुसार नेकपा एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किए को छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । त्यस्तै आगा मी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार
बिहान ९ बजे सम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु सहभागी बैठक झण्डै साढे ३ घण्टा चलेको थियो । यदि माग सम्बोधन नभए उक्त समूहले जस्तो सुकै निर्णय गर्न बाध्य हुने बताएको छ ।श्रोत :साझा पेज