ताजा समाचार

नियुक्ती भएको १० दिन पनि टिकेन दिपक मनाङेको मन्त्री पद

पोखरा । गण्डकी  प्रदेशका  मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को  राजीनामासँगै  १०  अगाडि  मन्त्रीमा   नियुक्त  भएका राजीव  गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ उनी यही  वैशाख १६  गते  गण्डकीको  युवा तथा खेलकुद मन्त्री  नियुक्त  भएका थिए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ले पछिल्लाे समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका  लागि  सामाजिक विकास मन्त्रालय टुक्राएर खेल कुद मन्त्री बनाएका थिए ।

तर,  मुख्यमन्त्री  गुरुङले आपूm विरुद्ध संसदमा दर्ता भए को अविश्वास  प्रस्तावमा  मतदान  हुनुभन्दा  अघिल्लो दिन राजीनामा  दिएपछि  मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।मनाङे  स्वयंले  आफू दुइ साता मन्त्री रहने निश्चित हुँदा हुँदै  पनि  छोटो  समयमा  सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री बनेको  १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिए पछि उनी पनि  काम चलाउ भएका छन् । मनाङेले आफ्नो जिल्लावासीको  आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नु पर्ने  बाध्यता  भएको  बताउँदै  आएका  थिए ।  उनले अब सत्तापक्षीय  एमालेलाई  दिएको  साथ  कायम  राख्छन् वा नयाँ सरकार बनाउने दललाई समर्थन गर्छन् हेर्न बाँकी छ ।

थप समाचार! जनता  समाजवादी  पार्टी नेपाल (जसपा)ले सोमबार  प्रधानमन्त्री  केपी शर्मा ओलीले संसदमा विश्वास को  मत  लिँदा  सांसदलाई  ह्वीप  जारी  नगर्ने भएको छ । यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ  । तर  सांसदलाई  ह्वीप  भने  नलगाइएको वरिष्ठ नेता राजेन्द्र महतोले रातोपाटीलाई जानकारी दिए ।

उनका  अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् ।  जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आज बसे को  पदाधिकारी  बैठक ले सो निर्णय गरेको बताए । उनले भने,  ‘प्रधानमन्त्री  अ‍ोलीले  लिने विश्वासको मतको पक्षमा मतदान  नगर्ने  निर्ण य भएको  छ , तर  के  गर्ने  सांसदको स्वविवेक भर पर्छ ।’

विश्वासको पक्षमा मत नहाले तटस्थ बस्नुहुन्छ कि विपक्षमा मत हाल्नुहुन्छ भनि राखिएको जिज्ञासामा अध्यक्ष यादवले भने , दुवै  हुनसक्छ,  तटस्थ  पनि बस्न सकिन्छ, विपक्षमा पनि  मतदान  गर्न  सकिन्छ  ।’जसपा   नेपालका   अध्यक्ष महन्थ ठाकुर पक्षका संसद तटस्थ बस्नुपर्ने पक्षमा छन् भने यादव पक्ष विपक्षमा मत हाल्ने पक्ष छ।श्रोत:रातोपाटि

Facebook Comments Box