ताजा समाचार

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२६ वैशाख, काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।आइत बार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको

“धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् ।गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

यो पनि,,ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन राज्यमन्त्री मानन्धरको आग्रह

‘काठमाडौँ, २६ वैशाख-शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक    पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ ।’

‘बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिनुभयो ।

‘उहाँले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सह योग राज्यले गर्ने आश्वासन दिनुभयो ।’

‘राज्यमन्त्री मानन्धरले अहिलेको विशेष परि स्थितिमा स्वास्थ्य क्षेत्रमा अक्सिजन अत्यावश्य क रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गर्नुभयो ।

‘जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन हुन लागेको छ । केही दिनभित्र ४० शय्याको सघन उपचार कक्षसहित १२० शय्या सञ्चालन मा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिनुभयो ।’

‘गत वर्ष महामारीमा भदौदेखि पुससम्म कोभिड बिरामीको उपचार गरेर अस्पताल पुनः बन्द भएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएपछि काठमाडौँ उपत्य का र बाहिरी जिल्लाका अस्पतालमा पनि अक्सिजनको अभावमा सङ्क्रमित बिरामीले ज्यान गुमाएको खबर आइ रहेका छन् । (रासस)

Facebook Comments Box