२६ वैशाख, काठमाडौं । काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नि’युक्त गर्न सिफारिस गरेको छ ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवा टारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सि’फारिस गरेको हो ।
लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्र’स्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सि’फारिस गरेको हो । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नि’युक्त हुने व्यवस्था छ ।
को हुन् रेग्मी ?
कांग्रेस नि’कट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हा’ल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।यद्यपि रेग्मीसँग लोक सेवा आयोगको पूर्वसचिव बनेको अ’नुभव पनि छ । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अ’नुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इ’च्छा देखाउँदै लबिङ गरेका थिए ।
रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरदार बनेका थिए । सरकारी सेवाका सबै जसो पदमा क्रमशः सेवा गरेको अ’नुभव संगालेका उनी २०६८ सा ल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच व र्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोग बाटै रि’टायर्ड भएका थिए ।
रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने स’र्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । त्यसैले कतिपयले प्रधानमन्त्री ओलीले उनलाई संवैधानिक आयोगको अध्यक्षमा नि’युक्ति दिएर नेकपा वि’भाजनको फैसलाको गुन तिरेको टि’प्प णी समेत गर्दछन् ।
यो पनि ,,२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आ’कस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री नि’वास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पू’र्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आ’कस्मिक रुपमा बोलाइएको बैठकप्रति चा’सो छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक क’र्मचारीले भने, ‘आजको क्याबिनेट मिटिङ आ’कस्मिक नै हो । सायद अहिलेको समग्र परिस्थितिले त’त्काल बस्नुपर्यो होला ।’प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको स’क्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक प’रिषद्को बैठक पनि बोलाएका छन् ।