भक्तपुर प्रहरीमहानगरीय प्रहरी परिसर भक्तपुर तथा मातह तका वृत्तहरूबाट संकलन गरिएका खाली तथा भरिएको ९५ थान अक्सिजन ग्यास सिलिन्डर कोरोना भाइरस संक्र मित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिए को छ । प्रहरीले उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रबाट संकलित २० थान भरिएको स हित ९५ ग्यास अस्पतालमा वितरण गरेको
भक्तपुर प्रहरी प्र’मुख एसपी तारादेवी थापाले बताइन् ।अस्पतालमा भर्ना भई उपचाररत बिरामीले प्रयोग गरिरहे को अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारीका आधारमा प्रहरीले भक्तपुर इन्टरनेसनल हस्पि टल प्रालि लोकन्थलीमा १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० थान खाली र ५ थान भरी गरी ५५ वटा सिलिन्डर,
अल्का अस्पताल ललितपुरमा ३ थान भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान खाली सिलिन्डर वितरण गरिएको प्रहरीले जनाएको छ ।अस्पता लमा संक्रमित बिरामीको चाप बढ्दै गएको र भर्ना भएका अधिकांशलाई अक्सिजन आवश्यक रहेको भन्दै अस्पताल का चिकित्सकहरुले ग्यास सिलिन्डर सहयोग गर्न अपिल गरिरहेको छ ।
प्रहरी ले जिल्लामा सञ्चालित स्वास्थ्य क्षेत्र बाहेक प्रयोग भइरहेका उद्योग , कल कारखाना तथा कवाडी संकलन केन्द्र समेतमा रहेका सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गरेको र अन्य सिलिन्डर खोजी गरिरहेको एसपी थापाले बताइन् ।
पूरा पढ्नुहोस! आगामी जेठ अन्तिम साता गर्ने गरी आन्त रिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ। तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।
तर मुलुकमा को’रोना भाइरस सङ्क्रमणको तीव्र फैलावट ले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो संख्या मा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहे काले शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समिति बाट महाधिवेशनको अर्को मिति तय ग रिने पनि बैठकले निर्णय गरेको छ। उक्त बैठकले को’रो’ना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ। श्रोत:कान्तिपुर