ताजा समाचार

बिन अन्तर्बार्ता कर्णालीमा” प्र’देशमा १ सय १२ स्वास्थ्यकर्मी नि’युक्त गर्ने नि’र्णय

कर्णाली प्रदेश सरकारले को\रोना नियन्त्रण तथा प्रतिकार्य को लागि  शुक्रबार  १ सय १२  जना  स्वास्थ्यकर्मी  नियुक्त गर्ने निर्णय  गरेको छ । प्राविधिक  जनशक्ति  सेवा करारमा छनोट गर्ने कार्यविधिमा बाधा अड्काउ फुकाउँदै अन्तर्वार्ता बिनै पाँचौं  तहका स्वास्थ्यकर्मी नियुक्तिको निर्णय गरिएको हो ।

प्रदेश सरकारको  सामाजिक विकास मन्त्रालयले गत असो ज ८ गते  ७६  जना स्टाफ नर्स, १० जना हेल्थ असिस्टेन्ट, १२  जना  ल्याब  टेक्निसियन , ६/६  जना  रेडियोग्राफर र फार्मेसी  सहायक   तथा  एकजना  कविराजको   विज्ञापन खोलेको  थियो ।  शैक्षिक योग्यता, कार्य अनुभव, स्थानीय तह र  समावेशी  अंकको  आधारमा  संक्षिप्त   सूची तयार गरिए पनि परीक्षा हुन सकेको थिएन ।

बुधबार  बसेको मन्त्रिपरिषद बैठकले बाधा अड्काउ फुका उँदै विज्ञापन  गरिएको  संख्याभन्दा  नबढ्ने गरी अन्तर्वार्ता बिनै संक्षिप्त सूचीअनुसार  करारमा नियुक्त गर्न सामाजिक विकास  मन्त्रालयमार्फत  स्वास्थ्य   सेवा  निर्देशनालयलाई स्वीकृति  दिएको  थियो ।निर्देशनालयले विज्ञापन गरिएको संख्याभित्र  योग्यताक्रम   अनुसार   छनोट   सूचीमा परेका उम्मेदवारलाई ५ दिनभित्र नियुक्ति लिन सूचना गरेको छ ।

निर्देशक   डा. रविन खड्काका अनुसार सबैभन्दा बढी ६९ जनालाई  सुर्खेतस्थित  प्रदेश अस्पतालमा खटाइएको छ । बाँकी स्वास्थ्यकर्मीलाई प्रदेशका अन्य जिल्ला अस्पतालमा खटाउने निर्णय भएको छ ।यसैबीच, वीरेन्द्रनगर नगरपालि काले  सरुवा   भएर  आएका  ४४  जना  स्वास्थ्यकर्मीलाई हाजिर हुन नगराएपछि उनीहरुले जिल्ला प्रशासन कार्याल यमा निवेदन दिएका छन् ।

उनीहरुले मन्त्रालयले समायोजन गर्दै वीरेन्द्रनगर नगरपालि कामा  खटाए पनि  हाजि र हुन नदिइएको बताएका छन् ।स्वास्थ्य    मन्त्रालयले   ती   स्वास्थ्यकर्मीलाई   वीरेन्द्रनगर नगरपालिकामा  खटाए  पनि  दरबन्दी  रिक्त  नरहेको भन्दै नगरपालिकाले    हाजिर  हुन  दिएको  छैन ।  नगर प्र’मुख देवकुमार सुवेदीले वैशाख १३ गते मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकामा  नर्सिङ   र   प्यारामेडिक्सतर्फ  ४१   जना स्वास्थ्यकर्मीको  दरबन्दी  रहेकोमा कुनै पनि दरबन्दी रिक्त नरहेकोले काममा लगाउन नसकिने बताएका छन् ।

सीअहेब (छैटौं)  उदयबहादुर  थापाले   समायोजन मिलान सम्बन्धी   मापदण्डअनुसार  सबै  प्रक्रिया  पूरा  गरेर रमना बुझेर वीरेन्द्रनगर  नगरपालिकामा  गए पनि कामकाज हुन नदिइएको  बताए ।  कोभिडको  कारण  एकातिर  स्वास्थ्य कर्मीको अभाव छ , अर्कोतिर  वर्षौंदेखि  काम  गरेका अनु भवी   स्वास्थ्यकर्मीलाई  काम गर्नबाट रोकिएको छ, उनले भने, ‘को’रोना संकटको बेला हामीमाथि मात्र होइन जनता माथि अन्याय भएको छ ।श्रोत:कान्तिपुर

Facebook Comments Box