ताजा समाचार

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर पुग्यो

पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौस मका कारण काठमाडौंमा अवतरण गर्न नसके पछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।

यो पनि,,काठमाडौंबाट आउँदै गरेकी महिलालाई कोठामा लगेर २ महिनासम्म…. काठमाडौं, जेठ २५ ।   आफन्तकोमा जान काठमाडौंबाट चितवन पिप्ले आउँदै गरेकी एक जना २७ वर्षी  या महिलालाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीले ४५ वर्षका पूर्ण घलानलाई पक्राउ गरेको छ ।

पिप्लेनजिक रातको समयमा भण्डारा बजारमा बसबाट झरेकी महिलालाई घलानले भेटेर आफू बस्ने ठाउँमा लगेका थिए ।घलानले साथीहरु पनि बोलाएर महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ चौधघरेका घलान चितवनमा राप्ती नगरपा लिका–६ आदर्श टोलको माछापोख रीको कटेरोमा बस्ने गरेका थिए ।

काठमाडौंमा ज्याला मजदुरी गर्दै आएकी महिला पहिला पनि राप्ती–१ पिप्लेमा रहेको भाउजुको घरमा आउने जाने गर्थिन् । गएको चैत १० गते पनि उनी पिप्ले आउन काठमाडौंबाट गाडी चढेकी थिइन् ।

तर, पिप्ले नपुगी रातमा भण्डारामा नै झरिन् । ‘हामीले जाहेरीअनुसार अनुसन्धान अगाडि बढाएका छौं । रातमा भण्डारामा झरेपछि महिलाको घलानसँग भेट हुन्छ ।

घलानले पिप्ले टाढा छ भोलि बिहानै पुर्‍याइ दिन्छु भनेर आ फूसँगै लगेको भन्ने बेहोरा जाहेरीमा छ । सबै विषयमा हामी अनुसन्धानमै छौं’, चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले भने ।

यसबारे इलाका प्रहरी कार्यालय खैरहनीमा मंगलबारमात्रै जाहे  री परेको थियो ।आफू बस्ने ठाउँमा पुर्‍याएपछि घलानले अरु साथीहरु पनि बोलाएर महिलालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

बलात्कारमा परेको भनिएकी महिलाको भाउ जुले जाहेरी दिएकी हुन् । चैतमा आफूसँगै लगे का महिलालाई घलानले जेठ २० गते शुक्रबार बल्ल पिप्लेको भाउजुको घरमा लगेर छाडेका थिए ।

‘मेरो नन्दको स्वास्थ्यमा समस्या देखिएपछि पूर्ण घलानले हाम्रो घरमा ल्याएर छाडेका हुन्’ जाहे रीमा उल्लेख छ ।  उजुरीपछि घलानलाई पक्राउ गरेर अनुसन्धानका लागि चितवन जिल्ला अदा लतबाट बुधबार म्याद थप भएको डिएसपी अधिकारीले बताए ।

हाललाई घलानमात्रै समातिए पनि संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए । ‘उजुरीअनुसार घटना निकै संवेदनशील छ ।

हामीले संलग्न अन्यलाई समाउने छौं । घटनाको सत्य तथ्य विवरण छिट्टै पत्ता लगाउने छौं,’ डिए सपी अधिकारीले भने ।

Facebook Comments Box