ताजा समाचार

म सानै देखि बुद्धिमानी थिए। म ३ बाट एकै पटक ५ कक्षामा पुगेको थिए।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेको खुबी सानैमा देखिने बताएका छन्। पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी

अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीको पहिलो काम नै पढ्ने भएकाे र आफू एकैचोटी ३ बाट ५ कक्षामा पुगेको बताएका हुन्। उनले भने, ‘तपाईं

हरुले पार्टी सदस्यता कहिले लिनुभयो? ढिलो चाँडो जहिले लिए पनि तपाईंहरु विद्यार्थीहरु  विशेष जिल्ला कमिटीमा आउनु भएको छ। राम्रा मान्छेले फड्को मार्छन्, हो म पनि

एकैचोटी कक्षा ३ बाट ५ मा पुगेको थिएँ। मान्छेमा खुबी छ भने त्यो सानैमा देखिन्छ।’ उनले किताबको कोर्स र राज नीति लाई मिलाएर पढाइमा ध्यान दिन विद्यार्थीहरुलाई

निर्देशन दिए अन्य थप समचारहरु पढ्नुस अब देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिए को काउलीमा खान नहुने विषादीहरु  भेटिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गल बारबिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी

फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्टगरेको हो ।कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट

परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समिति का निर्देशक विनय श्रेष्ठले जानकारी दिए ।तरकारीको नमुना प्रयोगशालाबाट परी

क्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्नेश्रेष्ठले स्वीकार गरे ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box