ताजा समाचार

भरतपुरमा रेणुले उत्कृष्ट सेवा प्रदान गर्दै ।अब फाईल बोकेर कोठा चाहर्नु नपर्ने।

भरतपुरमा रेणुले उत्कृष्ट सेवा प्रदान गर्दै ।अब फाईल बोकेर कोठा चाहर्नु नपर्ने।देशभरीकै दिक्क लाग्दो सरकारी काम यहि हो विशेष त मालपोत यातायात लगायत अन्य

सरकारी कार्यलयको पिडा नै यहि हो फाईल बोक्यो यता र उता गर्यो अब भने भरतपुरमा चाहि यस्तो गर्न नपर्ने मेयर रेणुको घोषणा आएको छसरकारी कार्यालय पुगेका प्रायः

सेवाग्राहीको एउटै गुनासो हुन्छ–फाइल बोकेर कोठा चहार्दा चहार्दा हैरान भइयो!कोठा चहार्दैमा हप्तौं बित्ने गरेको गुनासो गर्ने सेवाग्राही सरकारी कार्यालयमा प्रशस्तै

भेटिन्छन्। तर यसपालि स्थानीय निर्वाचनअघि भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनेका सबैको मुख्य मुद्दा यसैको अन्त्य गर्ने थियो। गठबन्धनबाट मेयरको उम्मे

दवार रेनु दाहाल, एमालेका विजय सुवेदी र विवेकशील साझा पार्टीका प्रवीन काफ्लेले आफ्नो प्रतिबद्धता पत्रमा महानगरपालिकाका सेवाहरूलाई डिजिटल बनाउने र

सेवाग्राहीलाई सरकारी कामबाट खुसी बनाउने उल्लेख गरेका थिए।दोश्रो पटक मेयरमा निर्वाचित भएपछि मेयर रेनु दाहालले अनलाइन भुक्तानी प्रणाली सञ्चालन मा

ल्याएको घोषणा गरेकी छन्। साथै उनले अब महानगरका सेवाग्राहीले फाइल बोकेर कोठाकोठा चहार्नुपर्ने बाध्यता पनि हट्ने दाबी गरेकी छन्।यी दुवै कार्यक्रमको सुरूआत

महानगरले मंगलबारदेखि गरेको छ।मेयर दाहालका अनुसार अबदेखि महानगरबासीले घरमै बसेर कर तिर्न सक्नेछन्। मंगलबारदेखि सुरू अनलाइन भुक्तानी प्रणाली

मार्फत अब भरतपुर महानगमा तिर्ने राजस्व, कर, दस्तुर लगायत सबै शुल्क अनलाइन प्रणालीबाट सजिलै तिर्न सकिने उनले बताइन्।भरतपुर महानगरपालिकामा अब

सेवाग्राहीले फाइल बोकेर कोठा चहार्नु नपर्ने महानगर ले सुरू गर्‍यो अनलाइन भुक्तानी, अनलाइन दर्ता प्रणाली र डिजिटल नागरिक बडापत्रसरकारी कार्यालय पुगेका प्रायः

सेवाग्राहीको एउटै गुनासो हुन्छ–फाइल बोकेर कोठा चहार्दा चहार्दा हैरान भइयो!कोठा चहार्दैमा हप्तौं बित्ने गरेको गुनासो गर्ने सेवाग्राही सरकारी कार्यालयमा प्रशस्तै

भेटिन्छन्।यसपालि स्थानीय निर्वाचनअघि भरतपुर महा नगर पालिकाको मेयर उम्मेदवार बनेका सबैको मुख्य मुद्दा यसैको अन्त्य गर्ने थियो। गठबन्धनबाट मेयरको उम्मेदवार

रेनु दाहाल, एमालेका विजय सुवेदी र विवेकशील साझा पार्टीका प्रवीन काफ्लेले आफ्नो प्रतिबद्धता पत्रमा महा नगरपालिकाका सेवाहरूलाई डिजिटल बनाउने सेवाग्राही

लाई सरकारी कामबाट खुसी बनाउने उल्लेख गरेका थिए।दोश्रो पटक मेयरमा निर्वाचित भएपछि मेयर रेनु दाहालले अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको घोषणा

गरेकी छन्। साथै उनले अब महानगरका सेवाग्राहीले फाइल बोकेर कोठाकोठा चहार्नुपर्ने बाध्यता पनि हट्ने दाबी गरेकी छन्।यी दुवै कार्यक्रमको सुरूआत महानगरले

मंगलबारदेखि गरेको छ।मेयर दाहालका अनुसार अबदेखि महानगरबासीले घरमै बसेर कर तिर्न सक्नेछन्। मंगलबार देखि सुरू अनलाइन भुक्तानी प्रणालीमार्फत अब भरतपुर

महानगमा तिर्ने राजस्व, कर, दस्तुर लगायत सबै शुल्क अनलाइन प्रणालीबाट सजिलै तिर्न सकिने उनले बताइन्।यो प्रणालिमार्फत घरबाहल, सम्पत्ती र व्यवसाय कर तिर्न

कोही पनि कार्यालय धाउनु नपर्ने प्रमुख प्रशासकीय अधि कृत रामबन्धु सुवेदीले बताए।‘हामीले महानगरपालिकाको वेबसाइटमा एउटा लिंक राखेका छौं त्यसमा गएर सामान्य

प्रक्रियाबाट कर बुझाउन सकिन्छ,’ उनले भने, ‘सेवाग्राही कार्यालय आउनै पर्दैन। उहाँहरूले रसिद पनि अनलाइन बाटै प्राप्त गर्नुहुन्छ।’आफूले तिर्नुपर्ने कर मूल्यांकन गरि

सकेपछि सेवाग्राहीले आफूले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेटवे प्रणालीबाट कर तिर्न सक्नेछन्। अहिले इ–सेवा, खल्ती,कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सकिने

सुवेदीले बताए।वडाहरूबाट पाउनुपर्ने सिफारिसहरू पनि अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था महानगरपालिकाले गरेको उनले बताएहामीले महानगरबाट कस्ता सेवा,कसरी

लिन सकिन्छ भन्ने जानकारी रहेको डिजिटल नागरिक बडापत्र पनि वेबसाइटमा राखेका छौं। यसमा महानगरका सबै शाखा, महाशाखाबाट दिइने सेवा सुविधाको विवरण

उल्लेख छ,’ सुवेदीले भने, ‘सेवाग्राहीले यो हेरेर अनलाइन बाटै सेवा लिन सक्नुहुन्छ।महानगरबाट सेवा लिन अब सेवाग्राहीले अनलाइनबाटै दर्ता गर्न सक्ने पनि उनले

बताए। यसका लागि प्रणाली बनिसकेको र कर्मचारीहरू लाई तालिम दिएर अब केही दिनमै पूर्ण रूपमा सेवा दिन थालिने सुवेदीले बताए।मेयर दाहालले कार्यालय आउनै

पर्ने सेवाग्राहीहरू लाई अब बाट भने कोठाकोठा चहार्नुपर्ने सास्ती बाट मुक्त बनाउने बताइन्।हामी सकेसम्म सेवाग्राही ले घरमै बसेर सेवा लिन सकून् भनेर लागेका छौं। तर

कतिपय कामका लागि कार्यालय नै आउनुपर्ने हुन्छ त्यस्ता सेवाग्राहीका लागि हामीले सहज रूपमा पनि सेवा दिने व्यवस्था मिलाएका छौं,’ उनले भनिन्।उनका अनुसार महा

नगरपालिकाले मुख्य कार्यालयअगाडि सेवाग्राही विश्राम कक्ष सञ्चालनमा ल्याएको छ।अब सेवाग्राही सिधै यो कक्षमा पुग्नुहुन्छ। उहाँहरूले आफ्नो फाइल यहाँका कर्म

चारीलाई दिनुहुन्छ। हामीले यहाँ एसी, कुर्सी, इन्टरनेट, पिउने पानी लगायत सुविधा उपलब्ध गराएका छौं। उहाँ हरू त्यहीँ बस्नुहुन्छ। उहाँको फाइल लिएर कोठा चहार्ने काम कर्मचारीहरूले गर्नुहुन्छ।।साभार

Facebook Comments Box