ताजा समाचार हाईलाइट

काठमाण्डौबाट अचम्मको गिरोह प,क्राउ

काठमाण्डौका विभिन्न स्थानबाट मोबाइल, क्यामरा र ल्यापट  प चोरिको गुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चा लन गरेको अपरेशन इको डेल्टाका कारण २६ थान

मोबाइल, दुई थान क्यामरा र एक थान ल्यापटपसहित दुई जना समातिएका छन् ।  सोही क्रममा बालाजु नजिकैको पुरानो गुह्ये श्वरीबाट ती सामानसहित दुई जनालाई हिजो साँझ पक्रेको बता इएको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ४, पुरानोगुह्येश्वरी घर भएका वर्ष ३० का सूर्य पुतुवार र धादिङको गंगाजमुना गाउँपालिका ३ घर भई हाल उक्त नगरपालिकाको सानोपुल बस्ने वर्ष १८ को मनोज थापा हुन् ।

उनीहरुबाट एचपी कम्पनीको ल्यापटप एक थान, क्यामेरा दुई थान र विभिन्न कम्पनी र मोडलका मोबाइल २६ थान बरामद भएको बताइन्छ ।

उनीहरुलाई आज काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ प्रहरी वृत्त बालाजुबाट थप अनुस न्धान भइरहेको जनाइएको छ ।

साथै प्रहरीले ती सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई आवश्यक कागजात र प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।

Facebook Comments Box