ताजा समाचार दु:खद खबर

घरायसी विवादमा छोराले गरे बाबुआमाको ह,त्या

काठमाडौं, ।एक निर्दयी छोराले आफ्ना वृद्ध वृद्धा बाबुआमाको हत्या गरेका छन् । ताप्लेजु ङको फक्ताङ्लुङ गाउँपालिकामा यस्तो जघन्य अपराध भएको हो । फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना आमाबाबुको ज्यान लिएका हुन् ।

उनले ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिप रानी लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी गराए ।

राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो हतियार खुकुरीले हानेर बाबुआमाको हत्या गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ । घरायसी विवादका कारण बाबुआमामाथि खुकु री प्रहार गरेको आशंका गरिएको छ । आइतरा जलाई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

शव पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

यो पनि,,काङ्ग्रेस कार्यकर्ताले हसियाँ हतौडामा भोट नहाले हात काटिदिन्छौ :प्रचण्ड (हेर्नुस भिडिओ)

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताए का छन् । विहीबार भरतपुरमा गठबन्ध नको

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका हुन् । चुनावी सभामा कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको प्रश्नहरुको जवाफ दिदैं अध्यक्ष दाहालले भनेका छन्,

‘तपाईंहरूले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घट नामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु ।

१०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईंहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जानसक्छ ।’

त्यस्तै अध्यक्ष दाहालले भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गर्दै भनेका छन्, ‘केपीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् है भनेका छन् रे ।

अन्तिममा एमालेको सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भर नपर्नुहोला ।’

आफूमाथि शंका नगर्न आग्रह गर्दै अध्यक्ष दाहालले भने, ‘युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधा नसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो ।

हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौं । यसलाई जोगाएर जानुको विकल्प छैन ।’

Facebook Comments Box